बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

गरिमा विकास बैंकद्वारा ११.९९ प्रतिशत ब्याजदरमा घर कर्जा र  एसएमई आवधिक कर्जा सार्वजनिक

बिहीबार, ३२ साउन २०८०, २१ : १६
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । गरिमा विकास बैंकले “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । 

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने छ । 

११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय÷उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।  

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङ्ग मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

   

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप