‘एक भगवत् गीता’ पोस्टरमा रोमान्टिक धीरज र सुहाना
काठमाडौंँ । २९ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको प्रचार प्रसार सुरु गर्न फिल्मको तीन पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टरमा कलाकार विपिन कार्की, सुहाना थापा, धीरज मगर लगायत देखिएका छन् ।
‘क्यारेक्टर लुक्स’ पोस्टरमा धिरज र सुहाना रोमान्टिक अवतारमा छन् । धीरज गुरुङ पहिरनमा र मधेशी समुदायको गेटअपमा छिन् । विपिन कार्की ट्रान्सजेन्डर लुक्समा छन् ।
अन्र्तजातीय प्रेमकथामामा निर्माण भएको फिल्ममा विपिन, सुहान, धिरजको अलवा कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुर लगायतको अभिनय छ ।
सुनिल कुमार थापाको निर्माण रहेको फिल्को कथा निर्देशक झरना थापाले गरेकी हुन् । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्म परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।
सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिकको संगीत छ ।
फिल्मको छायांकन सुरु हुँदा नाम ‘भगवत् गीता’ राखिएको थियो । अहिले नामको अगाडि ‘एक’ थपिएको छ । फिल्मको बितरण उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण