नक्कली प्रमाणपत्र बनाएर अध्ययन गरेको आरोपमा चितवनबाट एक विद्यार्थी पक्राउ
शुक्रबार, ०१ भदौ २०८०, २२ : ०९
चितवन । चितवनबाट एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।
चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत सप्तरीको राजविराज–७ का नसिम अख्तरलाई नक्कली प्रमाणपत्र बनाएर अध्ययन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि आइएससी उत्तीर्ण भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले राति पक्राउ गरिएका उनलाई काठमाडौँ लगिँदै गरेको जानकारी दिए ।
अख्तर विसं २०७२ सालमा एमबिबिएस भर्ना भएका थिए । यसअघि सीआइबीको टोलीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्ययन गरेको आरोपमा ६ जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण