आठ दिनमै ३ सय करोड कमाउँदै गदर–२ ले बनायो रेकर्ड
मुम्बई । गदर–२ ले ३ सय करोड भारु कमाउन सफल भएको छ । फिल्मले प्रदर्शनको आठौँ दिनमा यो उपलब्धि हासिल गरेको हो । शुक्रबार फिल्मले २०.५ करोड भारु कमाएको थियो । यसरी फिल्मको कुल कलेक्सन ३०५.१३ करोड भारु पुगेको छ ।
‘गदर २’ ३ सय करोड क्लबमा सामेल हुने दोस्रो सबैभन्दा छिटो हिन्दी फिल्म हो । ३०० करोडको आँकडा छुन मात्र ८ दिन लाग्यो । यसअघि शाहरुख खानको फिल्म ‘पठान’ छ । पठानले ६ दिनमा ३०० करोड भारु कमाएका थिए । ओएमजी–२ ले शुक्रबार ५।६ करोड भारु कमाएको छ । यो फिल्मले हाल ९०.६५ करोड भारु कमाएको छ । आइतबारसम्ममा यो फिल्म १०० करोड क्लबमा सामेल हुन सक्छ ।
हिन्दी फिल्मको इतिहासमा ११ वटा फिल्मले मात्र ३०० करोड भारु कमाउन सफल भएका थिए । ‘गदर २’ यस्तो गर्ने १२ औँ फिल्म बनेको छ । पठान ५४३.०५ करोड भारुका साथ सूचीको पहिलो नम्बरमा छन् । दोस्रो र तेस्रो नम्बर बाहुबली–२ र केजीएफ–२ को हिन्दी भर्सन हो । गदर–२ ले जसरी कमाइ गरिरहेको छ, त्यही अनुसार यो सूचीमा फिल्म टप–३ मा पर्न सक्ने प्रबल सम्भावना छ । केही विज्ञहरुले गदर २ पनि पठानको रेकर्डसम्म पुग्न सक्ने अनुमान गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण