संसद् खुलाउन डाकिएको सिंहदरबार बैठक निष्कर्षविहीन
काठमाडौँ । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक निष्कर्षविहीन सकिएको छ । प्रमुख प्रतिपक्षी दल, अन्य विपक्षी दल तथा सत्तारुढ दलहरू बीच भएको छलफलमा संसद् खुलाउने विषयमा सहमति नजुटेको हो ।
आइतबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा संसद् खुलाउने विषयमा भएको छलफल सहमतिको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए ।
बैठकपछि उनले भने– ‘जे जस्ता असमझदारीका कुराहरू थिए, ती कुराहरूमा छलफल भएर एकदम नजिक पुगेको हुनाले अब एउटा बैठकमा टुङ्ग्याउने गरी भनेर सम्भवतः भोलि बस्ने बैठकले टुङ्गोमा पुर्याउने र बटमलाइन सदन जसरी पनि खोल्ने भन्ने तहसम्म हामीले छलफल गरेका छौँ ।’
उनले आजको प्रतिनिधिसभा बैठक स्थगित हुनसक्ने बताएका छन् । बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानले गति लिएको र समानान्तर ढङ्गले छानबिन समिति बनाउँदा त्यसमा अवरोध हुन्छ कि भन्ने कुरा राखेका थिए । गृहमन्त्रीले मागेको समय १५ दिन बाँकी रहेकोले अब त्यति दिन पर्खने कि भन्ने कुरा भएको सभापति लामिछानेले बताए ।
भइरहेको अनुसन्धानलाई प्रभावित नगर्ने भन्ने कुरा आफूले बैठकमा राखेको उनले बताए । उनले आफ्नो दलको लाइन छानबिन समिति बनाए पनि वा नबनाए पनि संसद् भने खुलाउनुपर्ने धारणा रहेको बताए । उनले भोलिको बैठकले यसलाई टुङ्ग्याउने विश्वास लिएको उनले बताए ।
तस्करीको सुन अनुसन्धानको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले गत साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । संसद् खुलाउनका लागि विभिन्न समयमा भएका बैठकहरू असफल हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण