शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उदास छन् तपाईंको पार्टनर ? गर्नुहोस् ६ काम, तत्काल हुनेछ मुड ‘अन’

आइतबार, ०३ भदौ २०८०, १६ : ०५
आइतबार, ०३ भदौ २०८०

भनिन्छ कि जब तपाईं प्रेममा हुनुहुन्छ, तपाईंको खुसी तपाईंको पार्टनरको खुसीमा बस्न थाल्छ । त्यसो भए तपाई नयाँ जोडी होस् वा विवाहित, खुसीको चाबी एक अर्काको मुस्कानमा रहन्छ । यस्तो अवस्थामा, यदि तपाईंको पार्टनर व्यक्तिगत समस्या वा अन्य कुनै कारणले निराश वा दुखी छन् भने, उसको मुडलाई तपाईंले सुधार्न सक्नुहुन्छ । यहाँ हामी केही सरल उपायबारे जानकारी दिँदै छौँ,  जसको मद्दतले तपाईं सजिलैसँग आफ्नो पार्टनरलाई राम्रो महसुस गराउन सक्नुहुन्छ र उनीहरूको अनुहारमा मुस्कान ल्याउन सक्नुहुन्छ ।

यसरी मिनेटमै पार्टनरको मुड राम्रो बनाउनुहोस्

प्रशंसा गर्नुहोस्

मिटमाइन्डफुलको अनुसार तपाईंले गर्नुभएको एउटा प्रशंसाले तपाईंको पार्टनरको अनुहारमा मुस्कान ल्याउन सक्छ । यदि तपाईंले पार्टनरको लुक्स, व्यवहार, ड्रेसिङ सेन्स वा उनले तपाईंसँग बोल्ने तरिका वा परिवारको हेरचाह गर्ने तरिकाका लागि उनको प्रशंसा गर्नुभयो भने, यसले दुई मिनेटमा पार्टनरको मुड परिवर्तन गर्न सक्छ र उनलाई राम्रो महसुस हुनसक्छ । 

समर्थन गर्नुहोस्

यदि तपाईंले उनका समस्याहरू बुझ्नुहुन्छ र उनले गर्ने सबै कुरामा समर्थन गर्छु भन्नुहुन्छ भने, यसले उनलाई भावनात्मक रूपमा बलियो बनाउँछ तसर्थ यसले पार्टनरलाई राम्रो महसुस गराउँछ । 

मनपर्ने खाना खुवाउनुहोस्

एउटा भनाई छ – मानिसको मन पेटमा हुन्छ । यस्तो अवस्थामा यदि तपाईंको पार्टनर पनि दुःखी वा अप्ठ्यारोमा छन् भने तपाईंले उनको मनपर्ने खाना तयार गरी खान दिनुहोस् र आफू पनि सँगै बसेर खानुहोस् । 

धन्यवाद भन्नुहोस्

प्रायः सँगै बस्दा, हामी यति अनौपचारिक हुन्छौँ कि हामीले धन्यवाद भन्न पनि छोड्छौँ । हामी उनीहरूको सानो कुरालाई बेवास्ता गर्छौँ । तर सुखी जीवनका लागि, पार्टनरको प्रशंसा गर्नुहोस् र उनलाई उनको हरेक प्रयासका लागि धन्यवाद भन्नुहोस् जुन तपाईंलाई महत्त्वपूर्ण लाग्छ । तपाईंले आफ्नो पार्टनरलाई धन्यवाद भन्नुहोस् र उनीहरूलाई महसुस गराउनुहोस् कि तपाईंलाई उनको साथ कति मन पर्छ ।

भावना व्यक्त गर्नुहोस्

सुखी सम्बन्धका लागि भावना व्यक्त गर्न आवश्यक मानिन्छ । वास्तवमा, यसो गर्दा तपाईं आफ्नो पार्टनरको मुडलाई निकै सजिलै राम्रो बनाउन सक्नुहुन्छ । तपाईंले उनलाई कति माया गर्नुहुन्छ भनेर भन्नुहोस् । विश्वास गर्नुहोस्, सुन्दा अचम्म लाग्न सक्छ तर बारम्बार भन्ने यस्तो तरिकाले तपाईंको पार्टनरको मुडलाई राम्रो बनाउन सक्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप