मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

के नरिवलको तेल खाँदा साँच्चै दुब्लाइन्छ ?  विज्ञानले के भन्छ ?

आइतबार, ०३ भदौ २०८०, १७ : ४८
आइतबार, ०३ भदौ २०८०

आजकल कतिपयले तौल घटाउन बिहान ५–७ चम्चा नरिवलको तेल पानीमा मिसाएर खाने गर्छन् । तर के यो विधि तौल घटाउन सही छ ? यद्यपि नरिवल, पौष्टिक तत्त्वले भरिपूर्ण फल हो । नरिवलको तेल एन्टी ब्याक्टेरियल र एन्टी फङ्गल हो । त्यसैले नरिवलको तेलले छालामा चिलाउने समस्या हट्छ । नरिवलको तेलको सेवनले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भन्ने विश्वास कतिपयको छ । त्यसैले नरिवलको तेललाई डिटोक्सको रूपमा प्रयोग गर्ने प्रचलन बढ्दो छ ।

नरिवलमा कार्बोहाइड्रेट र कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ । जसका कारण कतिपयलाई समस्या निम्तिन थालेको छ । नरिवलको तेलको अत्यधिक सेवनले मुटुका बिरामीलाई धेरै हानी पुर्‍याउँछ । नरिवलको तेल धेरै दिनसम्म प्रयोग गरेर कोलेस्ट्रोल बढेपछि अस्पताल पुग्नुपरेको घटना पनि छन् । 

विज्ञानले के भन्छ ?

विज्ञानको दृष्टिकोणबाट, नरिवलको तेलमा स्याचुरेटेड (सन्तृप्त) फ्याट हुन्छ । यसमा लिनोलिक एसिड र लौरिक एसिड हुन्छ जसले छालालाई पोषण दिन्छ । त्यसैले  नरिवलको तेलले शरीरमा एचडीएल अर्थात् राम्रो कोलेस्ट्रोल बढाउँछ । नरिवलको तेलको सेवनले तौल घटाउने भनिए पनि अहिलेसम्म यसको कुनै प्रमाण भेटिएको छैन । कोकोनट ओयल डिटक्स भनेर पानीमा १० चम्चा नरिवलको तेल पानीमा मिसाएर ३ देखि ४ दिनसम्म पिउने गरिन्छ । यसले तौल घटाउँछ भन्ने विश्वास गरिन्छ । तर यसको कारण के हो भने नरिवलको तेल मिसाएर पानी पिउँदा पेट भरिएको महसुस हुन्छ, जसका कारण भोक कम लाग्छ र खाना कम खाइन्छ ।

पखाला र पेट दुख्ने समस्या निम्तिन सक्छ

नरिवलको तेल एन्टिफंगल, एन्टिब्याक्टेरियल र एन्टिभाइरल हुन्छ भनेर विज्ञानले  प्रमाणित गरेको छ । त्यसैले नरिवलको तेल लगाउनाले छालाको सङ्क्रमणको समस्यालाई अन्त्य गर्न सकिन्छ, तर यसको सेवनबाट कुनै फाइदा हुन्छ भन्ने प्रमाण भने छैन । अर्कोतर्फ, खानामा नरिवलको तेलको अत्यधिक प्रयोगले पखाला लाग्ने र पेट दुख्न सक्छ । यसले पेटसँग सम्बन्धित धेरै प्रकारका समस्याहरू निम्त्याउन सक्छ । साथै, नरिवलको तेलले खराब कोलेस्ट्रोल पनि बढाउँछ, जसले मुटुसँग सम्बन्धित समस्याको जोखिम बढाउँछ । यदि तपाईंको पहिले नै उच्च कोलेस्ट्रोल छ भने नरिवलको तेल कहिल्यै प्रयोग गर्नु हुँदैन । 

नरिवल तेलको हानि

१. पेटको समस्या– कोही मानिस तरकारी बनाउन नरिवलको तेलको प्रयोग गर्छन् भने कोही मानिस डिटोक्सिफिकेसनका लागि नरिवलको तेल पनि पिउने गर्छन् । तर हेल्थ लाइनको समाचार अनुसार नरिवलको तेल अधिक मात्रामा खाँदा पेटमा धेरै समस्या आउन सक्छ । यसले पखाला, पेट दुख्ने र पेट सम्बन्धित अन्य धेरै समस्याहरू निम्त्याउन सक्छन् ।

२. खतरनाक स्तरमा कोलेस्ट्रोल बढाउन सक्छ – नरिवल तेल खपतको सबैभन्दा खराब नतिजा भनेको यसले कोलेस्ट्रोलको स्तरलाई खतरनाक स्तरमा बढाउन सक्छ । रिपोर्टका अनुसार नरिवलको तेलले एलडीएल अर्थात् खराब कोलेस्ट्रोललाई बढाउँछ । यसले मुटु रोगको जोखिम बढाउँछ र लामो समयसम्म बेवास्ता गर्दा अस्पताल नै धाउनुपर्ने हुनसक्छ । तसर्थ, यदि तपाईंलाई मुटुसँग सम्बन्धित कुनै पनि प्रकारको समस्या छ भने, डाक्टरको सल्लाहमा मात्रै नरिवलको तेल खानुहोस् ।

३. तौल घटाउन खासै फाइदाजनक छैन– आजकल कतिपय मानिस तौल घटाउन केटोसिस डाइटमा बस्छन् । यसमा नरिवलको तेल प्रयोग गरिन्छ । विज्ञहरूका अनुसार नरिवलको तेललाई धेरै पानीमा मिसाएर सेवन गरेमा केही हदसम्म फाइदा हुन्छ तर यो चिजले मात्रै तौल घटाउन सकिँदैन । तौल घटाउनका लागि धेरै कुरामा ध्यान दिनुपर्छ । यसका लागि खाना र पेय पदार्थमा कडा प्रतिबन्ध आवश्यकता छ । त्यसैले यदि तपाईं छिटो तौल घटाउन चाहनुहुन्छ भने सादा पानी बढी फाइदाजनक हुन्छ । नरिवलको तेलको बारेमा अहिलेसम्म कुनै सटिक अनुसन्धान भइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप