सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

संगीत उद्योगको  विकासमा सरकारले सहयोग गर्छ : पर्यटनमन्त्री

आइतबार, ०३ भदौ २०८०, १९ : १५
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संगीत उद्योगको विकासका लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । 

काठमाडौँमा आइतबार आयोजित निर्देशक समाजको साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रममा पर्यटन मन्त्री किराँतीले संगीत उद्योगले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिनसक्ने भन्दै सरकारले संगीत उद्योगको विकासका लागि आवश्यक कदम चाल्नुपर्ने बताएका हुन् । उनले नेपालको पर्यटनलाई प्रकृति र संस्कृतिसँग छुट्याएर राख्न नसकिने बताए । 

मन्त्री किराँतीले विश्वबजारमा नेपाली मौलीक संगीतलाई चिनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा कलाकारहरुले कलाकर्मीहरुलाई हौसलाको आवश्यक पर्ने भन्दै सरकारसँग हौसला प्रदान गर्ने काम गर्न आग्रह गरेका थिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप