प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना : ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगदेखि अनलाइन बहस पैरवीसम्म
काठमाडौँ । कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानन्यायाधीशका लागि सिफारिस भएका उनले संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै संविधानको धारा १३६ बमोजिम न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति सजग र संवेदनशील रहेको बताएका हुन् ।
उनले न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्ने, स्थानीय तहमा गठित न्यायिक समितिमार्फत न्यायमा सहज पहुँच अभिवृद्धि गर्न अदालतबाट आवश्यक सहयोग र समन्वय गरिने पनि जनाएका छन् ।
कामु प्रधानन्यायाधीश श्रेष्ठले कार्ययोजनामा न्यायपालिकाप्रति आम नागरिकको आस्था र विश्वास अभिवृद्धि गर्न सञ्चार क्षेत्र एवं नेपाल बार एसोसिएसन लगायतका सम्बद्ध निकायहरुसँगको समन्वय र सहकार्यमा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
उनले भौगोलिक कारणबाट अदालतमा भौतिक रुपमा उपस्थित हुँदा लाग्ने खर्च र समयको बचत गर्न अनलाइन बहस पैरवी गर्ने पद्धतिलाई थप विस्तार गर्दै लगिने पनि जनाएका छन् ।
मुद्दाको फैसला गर्ने बाहेकका न्याय सम्पादनसम्बन्धी कामकारबाहीमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोगको सम्भाव्यता सम्बन्धमा अध्ययन गर्ने लक्ष्यलाई पनि उनले कार्ययोजनामा समेटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण