आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना : ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगदेखि अनलाइन बहस पैरवीसम्म

सोमबार, ०४ भदौ २०८०, १३ : ५३
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानन्यायाधीशका लागि सिफारिस भएका उनले संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै संविधानको धारा १३६ बमोजिम न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति सजग र संवेदनशील रहेको बताएका हुन् ।

उनले न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्ने, स्थानीय तहमा गठित न्यायिक समितिमार्फत न्यायमा सहज पहुँच अभिवृद्धि गर्न अदालतबाट आवश्यक सहयोग र समन्वय गरिने पनि जनाएका छन् ।

कामु प्रधानन्यायाधीश श्रेष्ठले कार्ययोजनामा न्यायपालिकाप्रति आम नागरिकको आस्था र विश्वास अभिवृद्धि गर्न सञ्चार क्षेत्र एवं नेपाल बार एसोसिएसन लगायतका सम्बद्ध निकायहरुसँगको समन्वय र सहकार्यमा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

उनले भौगोलिक कारणबाट अदालतमा भौतिक रुपमा उपस्थित हुँदा लाग्ने खर्च र समयको बचत गर्न अनलाइन बहस पैरवी गर्ने पद्धतिलाई थप विस्तार गर्दै लगिने पनि जनाएका छन् ।

मुद्दाको फैसला गर्ने बाहेकका न्याय सम्पादनसम्बन्धी कामकारबाहीमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोगको सम्भाव्यता सम्बन्धमा अध्ययन गर्ने लक्ष्यलाई पनि उनले कार्ययोजनामा समेटेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप