नेपालसँग एसिया कप खेल्ने भारतीय टोलीमा रोहित शर्मादेखि विराट कोहलीसम्म

काठमाडौँ । आगामी एसिया कप क्रिकेट प्रतियोगिताका लागि सोमबार भारतीय टोलीको घोषणा गरिएको छ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदैछ ।
एसिया कपका लागि घोषित १७ सदस्यीय टोलीमा केएल राहुल र श्रेयस ऐयरलाई पनि समावेश गरिएको छ । रोहित शर्माको कप्तानीमा घोषित भारतीय टोलीमा विराट कोहलीलगायतका प्रभावशाली खेलाडीहरूलाई समावेश गरिएको छ ।
घोषित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), सुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, केएल राहुल, हार्दिक पाण्डेय, रविन्द्र जडेजा, जसप्रित बुमराह, कुलदिप यादव, मोहम्मद सिराज, मोहम्मद सामी, इशान किसन, सार्दुल ठाकुर, अक्षर पटेल, सूर्यकुमार यादव, तिलक वर्मा र प्रसिद्ध कृष्ण रहेका छन् ।
एसिया कपको समूह ‘ए’ मा दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल पनि परेको छ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । प्रतियोगिताको उद्घाटन खेल अगस्त ३० तारिखमा नेपाल र आयोजक पाकिस्तानबीच मुल्तान क्रिकेट रंगशालामा खेलिने छ ।
सेप्टेम्बर २ तारिखमा भारत र पाकिस्तानबीच श्रीलङ्कामा खेल हुनेछ । समूहगत चरणको अन्तिम खेल सेप्टेम्बर ४ तारिखमा श्रीलङ्काको केन्डीमा नेपाल र भारतबीच खेलिने छ । प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलङ्का, बंगलादेश र अफगानिस्तान छन् ।
लिग चरणको खेलपछि दुवै समूहबाट पहिलो र दोस्रो स्थानमा रहने टोली सुपर फोर चरणमा प्रवेश गर्नेछन् । एसिया कपका लागि टोली घोषणा गर्ने भारत चौथो राष्ट्र हो । यसअघि नेपालसहित पाकिस्तान र बंगलादेशले टोली घोषणा गरिसकेको छ । अब सहआयोजक श्रीलङ्का र अफगानिस्तानले टोली घोषणा गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन