सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

७२ वर्षका रजनीकान्तले ५१ वर्षका योगी आदित्यनाथको खुट्टा छोए, इन्टरनेटमा हङ्गामा

सोमबार, ०४ भदौ २०८०, १४ : २१
सोमबार, ०४ भदौ २०८०

साउथका सुपरस्टार रजनीकान्त हालै रिलिज भएको फिल्म जेलरमार्फत बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । यसका साथै, पछिल्लो समय उनी विभिन्न स्थानमा यात्रा गरी चर्चित हस्तीसँग भेटघाट पनि गरिरहेका छन् । केही समय अघि अभिनेता बद्रीनाथ धाम र ऋषिकेशमा एक आश्रमको भ्रमणमा थिए । त्यहाँ उनले केही समय बिताए । त्यसपछि उनी विभिन्न व्यक्तित्वसँग भेटघाट गरिरहेका छन् । उनले भेटेका व्यक्तित्वमध्ये एक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि हुन् । अभिनेताको योगीसँगका केही तस्बिर पनि सार्वजनिक भएका छन् जसमा उनले आदित्यनाथको खुट्टा छोइरहेको देख्न सकिन्छ । 

लखनउ पुगेर युपीका मुख्यमन्त्री योगी आदित्यनाथको खुट्टा छोएकोमा रजनीकान्तले विरोधको सामना गर्नुपरेको छ । यद्यपि, उनका प्रशंसकले अभिनेताले आदित्यनाथप्रति सम्मान दर्साएको भन्दै उनको पक्षमा पनि बोलेका छन् । 

अभिनेता रजनीकान्तले शनिवार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग लखनउमा उनको निवासमा भेटघाट गरेका थिए । यति बेला रजनीकान्तले आदित्यनाथलाई अभिवादन गर्दै उनको खुट्टा छोएको भिडियो भाइरल भयो र सोसल मिडिया प्रयोगकर्ताको एक वर्गले उनको यस्तो व्यवहारलाई ‘चकित पार्ने खालको’ र ‘आलोचनात्मक’ बताए । तस्बिर र भिडियोमा मानिसहरूले ‘यस्तो किन गर्नुपर्‍यो ?’ भनेर प्रश्न सोधिरहेका छन् । 

rajnikant_योगीलाई भेटेपछि रजनीकान्तले पूर्व मुख्यमन्त्री अखिलेश यादवलाई पनि भेटे । रजनीकान्तले उनलाई अँगालो हाले । पत्रकारसँग कुरा गर्दै रजनीकान्तले भने, ‘मैले ९ वर्ष अघि मुम्बईमा एक समारोहमा अखिलेश यादवलाई भेटेको थिएँ र अहिलेसम्म हामी साथी छौँ । हाम्रो फोनमा कुराकानी हुन्छ । पाँच वर्ष अघि सुटिङका लागि यहाँ आउँदा उनीसँग भेट हुन सकेको थिएन, अब उनी यहाँ भएको बेला उनलाई भेट्ने मौका गुमाइनँ ।’

रजनीकान्त शुक्रवार आफ्नो फिल्म जेलरको स्क्रिनिङका लागि सहर पुगेका थिए जसमा युपीका उपमुख्यमन्त्री केशव प्रसाद मौर्य पनि समावेश थिए । शनिवार योगी आदित्यनाथसँग रजनीकान्तको कुराकानीको तस्बिर र भिडियो विभिन्न सोसल मिडिया प्लेटफर्ममा व्यापक रूपमा साझा भइरहेका थिए । रजनीकान्त आफ्नो कारबाट ओर्लिएर युपीका मुख्यमन्त्रीलाई नमस्तेसहितको अभिवादन गरे र उनको खुट्टा छोएर फुलको गुच्छा दिए । त्यसपछि यी दुईले फोटोग्राफरका लागि पोज दिए । 

rajnikant_aadityanath2एक ट्विटर प्रयोगकर्ताले लेखे, ‘यी व्यक्ति अर्थात् रजनीकान्त तमिलनाडुका लागि लज्जाकर हुन् ।’

‘आध्यात्मिकता कहिल्यै पनि आत्मसम्मान गुमाउने बारे होइन,’ अर्काले लेखे ।

यस्तै अर्का एकजनाले लेखेका छन्, ‘ह्वाट अ फल !! ७२ वर्षका रजनीकान्त ५१ वर्षका योगी आदित्यनाथको खुट्टा छोइरहेका छन्...’ अर्का एकजनाले लेखे । ‘यो चकित पार्ने कुरा हो ।’

एक व्यक्तिले यी दुईको भेटघाटबारे प्रतिक्रिया दिँदै रेडिटमा पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘यदि उनी (रजनीकान्त) अन्य स्टार्सजस्तै सिर्फ एक अभिनेता भएको भए मलाई यो घटनामा खासै चासो लाग्दैनथ्यो । तर उनी दक्षिण भारतका अनुहार हुन् । विशेष रूपमा दिल्लीमा, जब मैले आफ्नो परिचय तमिलको रूपमा दिएँ, उनीहरुले मलाई ‘हामी रजनीकान्तलाई प्रेम गर्छौँ, उनको तमिल फिल्म हिन्दीमा हेर्छौँ’ भने । धेरै मानिसलाई तमिलनाडु नामको एउटा राज्य पनि छ भन्ने थाहा छैन तर उनीहरू रजनीकान्तलाई चिन्दछन् । उनले आफ्नो त्यो सम्मान यथावत् राख्नुपर्छ । उत्तरका मानिसलाई यसमा केही समस्या जस्तो लाग्दैन । असाध्यै निराश हुनेहरूमा हामी नै पर्छौँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप