आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रसियन राजदूतसहितको टोलीसँग मन्त्री ज्वालाले गरे छलफल

काठमाडौँमा मेट्रो रेलदेखि पोखरा–रिडी सडक सम्मको चर्चा
सोमबार, ०४ भदौ २०८०, १७ : १०
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मेट्रो रेल निर्माणका बिषयमा रसियन राजदूतसहित सरोकारवाला पक्षसँग छलफल गरेका छन् । सोमबार मन्त्रालयमा पुगेका  नेपालका लागि रसियन राजदूत अलेक्सी नोमिकोभसहितको टोलीसँग मेट्रो रेल, सडक, सुरुङ मार्ग र रेलका विषयमा छलफल भएको जानकारी मन्त्रालयका प्रवक्ता एवं सहसचिव अर्जुन थापाले दिए । 

रसियन मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ । रसियाको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेका छन् । भारतका विभिन्न ठाउँमा पनि रसियन मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ । मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा मेट्रो रेल र पूर्वपश्चिम रेलका बिषयमा छलफल गरेका थिए । केही दिनमा रुसी संसदका अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदैछन् । उनको भ्रमणअघि मेट्रो पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका विषयमा छलफल गर्न रसियन टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको हो ।  

छलफलमा मन्त्री ज्वालाले काठमाडौँ उपत्यकामा सञ्चालन गर्नेगरी मेट्रो रेलको प्रस्ताव गरेका छन् । मन्त्रालयका सचिव केशव शर्माका अनुसार रसियन टोलीसँग मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका बिषयमा छलफल भएको छ ।  जवाफमा रसियनपक्षले मेट्रो रेल निर्माणका लागि रसियन रेल्वे कम्पनी तयार रहेको बताएका थिए ।

त्यसका लागि ठोस प्रस्ताव समेत उनीहरुले मागेका छन् । रसियन पक्षले पोखरा–रिडी सडकका बिषयमा पनि चासो देखाएको जानकारी सचिव शर्माले दिए । छलफलका क्रममा मन्त्री ज्वालाले नेपालका सयौं इन्जिनियरहरुले रुसबाट तालिम र शिक्षा लिएको र उनीहरुको दक्षताले नेपाललाई सहयोग पुगेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप