इन्डिगो विमानभित्र यात्रीले रगत बान्ता गरे, उडानकै क्रममा मृत्यु
सोमबार मुम्बईबाट राँचीका लागि उडान भरेको इन्डिगोको विमानमा एक यात्रुको मृत्यु भएको छ । यात्रीले रगतको बान्ता गर्न सुरु गरेपछि विमान नागपुरमा आकस्मिक अवतरण गरिएको थियो तर यात्रीको ज्यान जोगाउन सकिएन ।
नागपुर विमानस्थलस्थित किम्स अस्पतालले मिर्गौला पीडित र क्षयरोगले ग्रसित एक पुरुष यात्रुले यात्राको क्रममा रगत बान्ता गर्न थालेको जनाएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा ६२ वर्षीय ती यात्रुले विमानमा धेरै रगत बान्ता गरेको र अस्पतालमा मृतक अवस्थामा ल्याइएको बताइएको छ ।
राति करिब आठ बजे, यात्रुले रगत बान्ता गर्न थालेपछि पाइलटले विमान नागपुरमा आपत्कालीन अवतरण गर्ने निर्णय गरे ।
इन्डिगो एयरलाइन्सले एक विज्ञप्तिमा भन्यो, ‘मुम्बईबाट राँचीका लागि इन्डिगोको उडान सिक्स ई ५०९३ लाई मेडिकल इमर्जेन्सीका कारण नागपुरमा अवतरण गरि बिरामी यात्रुलाई उपचारको लागि अस्पताल लगिएको थियो । तर दुर्भाग्यवश ती यात्रुलाई बचाउन सकिएन । हाम्रो समवेदना र प्रार्थना उहाँको परिवार र प्रियजनहरूसँग छ ।’
पछिल्लो समय विमानस्थलबाट कसैलाई मृत अवस्थामा अस्पतालमा ल्याइएको यो दोस्रो पटक हो । गत साता मात्र, नागपुर–पुणे उडानको प्रतीक्षामा इन्डिगो एयरलाइन्सका ४० वर्षीय पाइलटको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण