इन्डिगो विमानभित्र यात्रीले रगत बान्ता गरे, उडानकै क्रममा मृत्यु

सोमबार मुम्बईबाट राँचीका लागि उडान भरेको इन्डिगोको विमानमा एक यात्रुको मृत्यु भएको छ । यात्रीले रगतको बान्ता गर्न सुरु गरेपछि विमान नागपुरमा आकस्मिक अवतरण गरिएको थियो तर यात्रीको ज्यान जोगाउन सकिएन ।
नागपुर विमानस्थलस्थित किम्स अस्पतालले मिर्गौला पीडित र क्षयरोगले ग्रसित एक पुरुष यात्रुले यात्राको क्रममा रगत बान्ता गर्न थालेको जनाएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा ६२ वर्षीय ती यात्रुले विमानमा धेरै रगत बान्ता गरेको र अस्पतालमा मृतक अवस्थामा ल्याइएको बताइएको छ ।
राति करिब आठ बजे, यात्रुले रगत बान्ता गर्न थालेपछि पाइलटले विमान नागपुरमा आपत्कालीन अवतरण गर्ने निर्णय गरे ।
इन्डिगो एयरलाइन्सले एक विज्ञप्तिमा भन्यो, ‘मुम्बईबाट राँचीका लागि इन्डिगोको उडान सिक्स ई ५०९३ लाई मेडिकल इमर्जेन्सीका कारण नागपुरमा अवतरण गरि बिरामी यात्रुलाई उपचारको लागि अस्पताल लगिएको थियो । तर दुर्भाग्यवश ती यात्रुलाई बचाउन सकिएन । हाम्रो समवेदना र प्रार्थना उहाँको परिवार र प्रियजनहरूसँग छ ।’
पछिल्लो समय विमानस्थलबाट कसैलाई मृत अवस्थामा अस्पतालमा ल्याइएको यो दोस्रो पटक हो । गत साता मात्र, नागपुर–पुणे उडानको प्रतीक्षामा इन्डिगो एयरलाइन्सका ४० वर्षीय पाइलटको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षपछि ‘टोल ट्याक्स’ बिउँताउँदै सरकार
-
‘क्यानका अध्यक्षले मविरुद्ध षडयन्त्र गरे, निर्णय नसच्याइए न्यायालय जान्छु’
-
महालेखाको वार्षिक प्रतिवेदन : प्रधानमन्त्रीको गृहजिल्लामा ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय भएका आयोजनामा भुक्तानी
-
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम
-
यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक, के-के भयो ?