सुन तस्करी प्रकरण
सुन तस्करी प्रकरण : मस्यौदा समितिले गर्यो ड्राफ्ट तयार
मङ्गलबार, ०५ भदौ २०८०, १३ : ४१
काठमाडौँ । सुन तस्करी प्रकरण मस्यौदा समितिले ड्राफ्ट तयार पारेको छ । मंगलबार दिउँसो १२ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मस्यौदा समितिको बैठकले ड्राफ्ट तयार पारेको हो ।
दिउँसो २ बजे बस्ने शीर्ष नेताहरुको बैठकले उक्त ड्राफ्टलाई अन्तिमरूप दिने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
सुन तस्करी प्रकरणको छानबिन गर्न आयोग बनाउने र त्यतिसम्म सीआईबीले छानबिन सक्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
सोमबार बसेको प्रमुख राजनीतिक दलको शीर्ष नेताहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमति भएको थिए । बैठकले छानबिन समितिको कार्यादेश र संरचनाको ड्राफ्ट बनाउने जिम्मा एमालेका सुवास नेम्वाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण