वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न आदेश
विराटनगर । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उपाध्यक्ष हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।
अध्यक्ष हुकुमसिंह राईले वडाध्यक्ष अशोक सुब्बालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर विदेश लागेका थिए । उनले कार्यवाहकको जिम्मेवारी वडाध्यक्षलाई दिएको भन्दै उपाध्यक्ष प्रमिला न्यौपानेले उच्च अदालत विराटनगर इलाममा परमादेशको माग गर्दै मुद्दा दर्ता गराएकी थिइन् ।
उक्त मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश सोमकान्त मैनालीले निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा मंगलबार आदेश दिएका हुन् ।
अध्यक्ष राईले विदेश भ्रमणको अघिल्लो दिन कमल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक बनाएको चिठी दिएका थिए । उपाध्यक्ष प्रमिला नेउपाने तिवारी कार्यालयमा दैनिक गइरहेको बेलामा राजनीतिक पूर्वाग्रह राखेर कांग्रेसबाट निर्वाचित अध्यक्ष राईले नेकपा समाजवादीबाट निर्वाचित सुब्बालाई अख्तियारी दिएका थिए । उपाध्यक्ष तिवारी भने नेकपा एमालेबाट निर्वाचित हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण