दुई दिनको गिरावटपछि १७ अंकले बढ्यो नेप्से
काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १७.६९ अंकको वृद्धि आएको छ ।
कारोबार सुरुवाती समयमा बढेर सुरु भएको नेप्सेले केही तलमाथि हुँदै अन्तिमसम्म नै वृद्धि कायम राख्यो । कारोबार बन्द हुँदासम्म परिसूचक २०१५ अंकमा पुगेर रोकिएको हो ।
०.८८ अंकको सुधारसँगै आज नेप्सेमा १ अर्ब ३३ करोड २५ लाख रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आज १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।
परिसूचक दोहोरो अंकले बढ्दा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२ रुपैयाँले बढेर ५७९ रुपैयाँ पुगेको छ । यस्तै, आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा समेच ४.४२ प्रतिशतको गिरावट आएको छ ।
परिसूचक दोहोरो अंकले बढ्दा कारोबारमा आएको सबै १३ वटै समूहको सूचक बढेको छ । आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक १२२ अंक, उत्पादनमूलक समूहको सूचक ८३ अंक र होटल र टुरिजम समूहको सूचक ७० अंकले बढेको छ । यस्तै, जीवन बीमा समूहको सूचक ५० अंघ बढेको छ भने विकास बैंक समूहको सूचक ४३ अंकले बढेको छ ।
आजको वृद्धि नेप्सेमा साताको तेस्रो कारोबार दिनमा पहिलो हो । यसअघि, आइतबार नेप्से २१ अंकले घटेको थियो भने सोमबार १२ अंकले घटेको थियो । यस्तै, गत साताको ५ कारोबार दिनमा समेत नेप्से परिसूचक तीन दिन घट्दा दुई दिन भने बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण