रुसी अन्तरिक्ष वैज्ञानिकले लुना–२५ दुर्घटनाग्रस्त हुनुको कारण बताए
रुसी अन्तरिक्ष वैज्ञानिकले लुना–२५ दुर्घटनाग्रस्त हुनुको कारण खुलाएका छन् । रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका प्रमुखले लुना–२५ दुर्घटना भएको एक दिनपछि अर्थात् सोमबार यसबारे प्रतिक्रिया दिएका छन् । रुसले चन्द्रमामा पुग्ने दौड जारी राख्नुपर्ने उनले बताएका छन् ।
युरी बोरिसोभले एक टिभी अन्तर्वार्तामा भने, ‘कुनै पनि हालतमा हाम्रो चन्द्रमा मिसनमा अवरोध हुनु हुँदैन, त्यसो गर्नु सबैभन्दा खराब निर्णय हुनेछ ।’
लुना–२५ मिसनमार्फत रुसले पश्चिमी मुलुकसँगको बढ्दो दूरीका बीच चन्द्रमामा आफ्नो फिर्ती दर्ता गराउन चाहेको थियो तर चन्द्रमाको दक्षिणी ध्रुवमा लुना–२५ को क्र्यास ल्यान्डिङसँगै रुसको प्रयास असफल भएको छ ।
बोरिसोफले भने, ‘लगभग ५० वर्षसम्म चन्द्रमाको मिसन रोक्नु नै मिसन असफल हुनुको मुख्य कारण हो ।’
‘हाम्रा पुर्खाहरूले सन् १९६० र १९७० को दशकमा हासिल गरेको व्यावहारिक अनुभव हामीले गुमायौँ ।’
बोरिसोफले अन्तरिक्षयानको इन्जिनमा समस्याका कारण दुर्घटना भएको बताए ।
‘प्रि–ल्यान्डिङ अर्बिट इन्जिन ८४ सेकेन्डको सट्टा १२७ सेकेन्डसम्म चलेको थियो । दुर्घटनाको मुख्य कारण यही हो भन्ने कुरा अनुसन्धानमा हामीले थाहा पायौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण