छानबिनमा तानिएका न्यायाधीशका सम्बन्धमा चाँडै निर्णय हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छानबिनमा तानिएका न्यायाधीशहरूको हकमा छिटै निर्णय हुने बताएका छन् । मंगलबार प्रधानन्यायाधीशको पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन् ।
केही न्यायाधीशहरु १७ महिनादेखि छानबिनका लागि सर्वोच्च अदालत र न्याय परिषद्मा तानिएको भन्दै उनीहरुको सम्बन्धमा कहिले निर्णय हुन्छ भनी पत्रकारले प्रश्न गरेका थिए । जवाफमा प्रधानन्यायाधीश श्रेष्ठले छानबिनमा तानिएका न्यायाधीशका सम्बन्धमा चाँडै निर्णय हुने बताए ।
श्रेष्ठले भने, ‘हो, केही न्यायाधीशहरु लामो समयदेखि छानबिनमा तानिएका छन् । उनीहरुको सम्बन्धमा बुझ्ने काम सकिएको छ । अब न्यायाधीश नियुक्ति प्रक्रियासँगै उनीहरुको सम्बन्धमा पनि निर्णय हुन्छ । छानबिनबाट दोषी देखिए कारबाही हुन्छ र निर्दोष देखिए क्लिनचिट पाउँछन् । अब उनीहरुको सम्बन्धमा पनि छिटै निर्णय हुन्छ ।’
फैसलामा कैफियत, मोलाहिजा लगायतको आरोपमा जिल्ला अदालतका पाँचजना न्यायाधीशलाई सर्वोच्च अदालत र न्याय परिषद् काजमा तानिएको थियो । तानिएका मध्ये जिल्ला न्यायाधीशहरु सूर्यप्रसाद अधिकारी र बद्री ओली उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् । हाल न्यायाधीशहरु राजकुमार कोइराला, अम्बिका निरौला र परशुराम भट्टराई मात्रै बहाल छन् । यद्यपि निर्णय हुँदा अवकाशमा गइसकेका न्यायाधीशको हकमा समेत निर्णय हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण