चन्द्रयान–३ को सफ्ट ल्यान्डिङको तयारी, के भारतले रच्ला इतिहास ?
चन्द्रयान –३ ले बुधवार साँझ भारतीय समयानुसार ६.०४ मा चन्द्रमाको सतहमा अवतरण गर्ने प्रयास गर्नेछ । यदि इसरो यो गर्न सफल भयो भने, भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट–ल्यान्ड गर्ने पहिलो देश बन्नेछ । साथै अमेरिका, चीन र सोभियत संघपछि भारत चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने चौथो देश बन्नेछ ।
चन्द्रयान– २ असफल भएपछि १४ जुलाईमा चन्द्रयान–३ मिसन प्रक्षेपण गरिएको थियो । ५ अगस्टमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो ।
अगस्ट १७ मा, दुवै मोड्युल रोभर र ल्यान्डर स्पेसक्राफ्टबाट अलग्गिएको थियो । दक्षिण अफ्रिकामा हुने ब्रिक्स सम्मेलनमा भाग लिइरहेका प्रधानमन्त्री नरेन्द्र मोदीले अवतरण प्रक्रिया अनलाइन हेर्नेछन् ।
अन्तरिक्ष एजेन्सी इसरोले ‘वैज्ञानिकहरूले यस पटक चन्द्रयान–२ बाट सिकेका सबै पाठहरू समावेश गरेका छन्’ भन्दै अवतरण कुनै समस्या बिना हुने विश्वास व्यक्त गरेका छन् ।
यसको प्रत्यक्ष प्रसारण बेलुका ५.२० मा इसरोको वेबसाइट, युट्युब च्यानल र डिडी नेशनलमा हुनेछ । बेलुका ६.०४ बजे विक्रम ल्यान्डर, रोभर प्रज्ञानसँग चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङको कोसिस गर्नेछ ।
रुसी मुन मिसन लुना–२५ आइतबार असफल भएपछि चन्द्रयान–३ बारे धेरैमा कौतुहलता बढेको छ ।
अवतरण साइट सावधानीपूर्वक चयन गरिएको छ । यस क्षेत्रमा पानीको अंश फेला परेको छ । सन् २००९ मा नासाले चन्द्रमाको सतहमा पानी फेला पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण