सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तान : केबलकारमा फसेका सबैको कसरी सकुशल उद्धार गरियो ?

बुधबार, ०६ भदौ २०८०, १३ : ०४
बुधबार, ०६ भदौ २०८०

पाकिस्तानको खैबर पख्तुनख्वामा केबलकारमा फसेका सबै आठ जनाको सकुशल उद्धार गरिएको छ । मंगलबार दिउँसो बुटग्राममा केबलकारको तार चुँडिएको थियो, जसमा ६ किशोर पनि सवार थिए ।

उद्धार कार्यका क्रममा सेनाको हेलिकप्टरले एक किशोरको उद्धार गरेको थियो भने जमिनमा भएको टोलीले राति अबेरसम्म सबैको उद्धार गरेको थियो ।

९ सय फिटको उचाइमा केबलकारमा आठ जना फसेका थिए भने तेज हावाका कारण उद्धार कार्यमा बाधा पुगेको थियो ।

पाकिस्तानी सेनाले उद्धार कार्यमा धेरै कठिनाइ भएको र यो निकै खतरनाक भएको बताएको थियो ।

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवरुल हक काकरले उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप