एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस प्रतियोगितामा २५ राष्ट्रको सहभागिता पक्का
काठमाडौँ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले आयोजना गर्न लागेको ‘५५औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस प्रतियोगिता’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीको विषयमा जानकारी दिएको हो ।
महासंघले पहिलो पटक नेपालमा एशियन च्याम्पियनशिप आयोजना गर्न लागेको हो । हालसम्म प्रतियोगितामा एसियाका २५ राष्ट्रले सहभागिता जनाउने पक्का भइसकेको जानकारी पत्रकारसम्मेलनमा दिइयो । प्रतियोगितामा ४५ वटा विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।
प्रतियोगितामा पुरुषतर्फ २८ र महिलातर्फ १६ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा एउटा मिक्स स्पर्धा पनि समावेश गरिएको छ । प्रतियोगिता काठमाडौँको याक एण्ड यति होटलमा सञ्चालन हुने बताइएको छ । यसका अतिरिक्त र्याडिसन पनि प्रतियोगिताको आधिकारिक होटल रहने बताइएको छ ।
सात दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन भदौ १५ गते सहभागी सबै राष्ट्रका खेलाडीको रजिष्ट्रेशन गरिने छ । दोस्रो दिन भदौ १६ गते टिम ब्यवस्थापहरुको बैठक, निर्णायकहरुको बैठक, डोपिङ सेमिनार र एशियाली कंग्रेसको आयोजना हुनेछ ।
यसैगरी तेस्रो दिन भदौ १७ गते खेलाडीको तौल र उचाइ मापन तथा उमेर समूहको परीक्षण गरिने आयोजकले जनाएको छ । सोही दिन एशियाली वार्षिक कंग्रेसको बैठक र निवार्चनसमेत हुने जानकारी पत्रकारसम्मेलनमा दिइयो ।
यसैगरी चौथो दिन भदौ १८ गते प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । सोही दिन १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ भने ती विधाको नतिजा पनि आउने छ । त्यो दिन १४ जना नेपाली खेलाडीले आठवटा समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी प्रतियोगिताको पाँचौं दिन भदौ १९ गते २० वटा विधामा प्रतिस्पर्धा हुनेछ । सोही दिन ती स्पर्धाको नतिजा पनि आउने छ । उक्त दिन २४ जना नेपाली खेलाडीले विभिन्न १७ वटा समूहमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको छैटौं दिन भदौ २० गते विभिन्न नौवटा विधामा प्रतिस्पर्धा हुनेछ । ती स्पर्धाको नतिजा पनि सोही दिन आउने छ । उक्त दिन पाँचजना नेपाली खेलाडीले चारवटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । सोही दिन शारीरिक सुगठन खेलको १० वटा समूहका समूहगत विजेताबीच प्रतिस्पर्धा गराई मिष्टर एशिया—२०२३ को घोषणा गरिने छ । प्रतिस्पर्धामा धेरै अंक ल्याउने तीन राष्ट्रलाई पहिलो, दोस्रो र तेस्रो घोषण गरिने छ । प्रतियोगिताको समापन पनि सोही दिन हुनेछ । प्रतियोगिताको अन्तिम दिन भदौ २१ गते विदेशी खेलाडीहरुको बिदाइ गरिने छ ।
प्रतियोगितामा मनकामना केवल कार मुख्य प्रायोजकको रुपमा रहेको छ भने राष्ट्रिय खेलकुद परिषद्को पनि विशेष सहयोग रहने पत्रकारसम्मेलनमा बताइएको छ । अन्य प्रायोजकमा नेपाल टुरिज्म बोर्ड, एभरेष्ट बैंक, नेपाल इनभेष्टमेन्ट मेघा बैंक, महालक्ष्मी विकास बैंक, पञ्चकन्या ग्रुप, केटीएम सिटी, सिदार्थ प्रिमियम इन्सुरेन्स, सगरमाथा लुम्बिनी इन्सुरेन्स, शिखर इन्सुरेन्स र सीएफएस। रेमिट रहेका छन् । ५५औं एशियन च्याम्पियनशिपको इभेन्ट म्यानेजमेन्टको रुपमा फुनोलोजिक सोलुसन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण