धरानमा गोरु काटेर सामूहिक भोज गरिएको घटना निन्दनीय : शंकर भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले धनरानमा गोरु काटेर खाएको घटनाले नेपालीलाई मर्माहत बनाएको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘केही दिनअघि धरानमा भएको अस्वभाविक र अराजक घटनाले हामी नेपालीलाई मर्माहत बनाएको छ । गोरु काटेर सामूहिक भोज गरिएको घटनालाई र त्यसमा संलग्न उश्रिखल तत्वहरुले समाजिक सञ्चालमार्फत प्रचार गर्न खोजेको देखिन्छ ।’
आपसी एकता, सदभाव, सहिष्णुता र उत्कृष्टतम सभ्यतालाई चुनौती दिने गरी धरानमा भएको उक्त घटना निन्दनीय रहेको भण्डारीले बताए । ‘नेपाल बहु धार्मिक, बहु भाषिक र बहु सांस्कृतिक मुलुक हो । हाम्रो आपसी एकता, सदभाव, सहिष्णुता, उत्कृष्टतम सभ्यतालाई चुनौती दिने गरी धरानमा घटाइएको उक्त घटना निन्दनीय छ ,’ उनले भने ।
बौद्धिक सनातन धर्मलाई कमजोर बनाइ यसका आधारभूत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाको केन्द्रहरुमा धावा बोल्ने काम गरिएको उनको भनाइ छ ।
‘नेपालमा शान्ती, मिलमिलाप, एकता देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको बुझ्न कुनै कठिनाइ छैन । यस्ता अराजकहरुलाई समाजले निगरानी गर्दै हाम्रो विशिष्टतालाई जोगाइराख्न सबैमा अनुरोध गर्न चाहन्छु ,’ उनले भण्डारीले भने ।
धर्म परिवर्तन र अराजक गतिविधिले भविष्यमा गम्भीर दुर्घटना निम्त्याउने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण