शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा गोरु काटेर सामूहिक भोज गरिएको घटना निन्दनीय : शंकर भण्डारी

बुधबार, ०६ भदौ २०८०, १६ : ३८
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले धनरानमा गोरु काटेर खाएको घटनाले नेपालीलाई मर्माहत बनाएको बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘केही दिनअघि धरानमा भएको अस्वभाविक र अराजक घटनाले हामी नेपालीलाई मर्माहत बनाएको छ । गोरु काटेर सामूहिक भोज गरिएको घटनालाई र त्यसमा संलग्न उश्रिखल तत्वहरुले समाजिक सञ्चालमार्फत प्रचार गर्न खोजेको देखिन्छ ।’

आपसी एकता, सदभाव, सहिष्णुता र उत्कृष्टतम सभ्यतालाई चुनौती दिने गरी धरानमा भएको उक्त घटना निन्दनीय रहेको भण्डारीले बताए । ‘नेपाल बहु धार्मिक, बहु भाषिक र बहु सांस्कृतिक मुलुक हो । हाम्रो आपसी एकता, सदभाव, सहिष्णुता, उत्कृष्टतम सभ्यतालाई चुनौती दिने गरी धरानमा घटाइएको उक्त घटना निन्दनीय छ ,’ उनले भने ।

बौद्धिक सनातन धर्मलाई कमजोर बनाइ यसका आधारभूत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाको केन्द्रहरुमा धावा बोल्ने काम गरिएको उनको भनाइ छ ।

‘नेपालमा शान्ती, मिलमिलाप, एकता देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको बुझ्न कुनै कठिनाइ छैन । यस्ता अराजकहरुलाई समाजले निगरानी गर्दै हाम्रो विशिष्टतालाई जोगाइराख्न सबैमा अनुरोध गर्न चाहन्छु ,’ उनले भण्डारीले भने ।

धर्म परिवर्तन र अराजक गतिविधिले भविष्यमा गम्भीर दुर्घटना निम्त्याउने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप