मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

वाग्नर प्रमुख प्रिगोजिनको मृत्युको खबरबारे बोले अमेरिकी राष्ट्रपति जो बाइडेन

बिहीबार, ०७ भदौ २०८०, ०८ : १६
बिहीबार, ०७ भदौ २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको मृत्युको खबरमा आश्चर्य व्यक्त गरेनन् ।

उनले यो खबरले उनलाई आश्चर्यमा नपारेको बताएका छन् । राष्ट्रपतिलाई यसका लागि रुसका राष्ट्रपति पुटिन जिम्मेवार छन् भनेर सोधियो । 

यसमा उनले रुसमा हुने धेरै थोरै कुराहरूमा मात्रै पुटिनको हात नहुने बताएका छन् ।  

रुसी निजी सेना प्रमुख येभगेनी प्रिगोजिनको निजी विमान रुसको टभर सहरमा दुर्घटनाग्रस्त भएको छ । जहाजमा सवार सबै दस जना मारिएका छन् ।

विमान यात्रुको सूचीमा प्रिगोगिनको नाम पनि परेको छ । तर, बीबीसीले उनको मृत्युको पुष्टि गरेको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप