शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सी जिनपिङका सहयोगीलाई ढोकामै रोकिएको भिडियो भाइरल

बिहीबार, ०७ भदौ २०८०, ०९ : ४०
बिहीबार, ०७ भदौ २०८०

चिनियाँ राष्ट्रपति सी जिनपिङको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ आफ्ना एक सहयोगीसँग हलमा प्रवेश गरिरहेको देखिन्छ । यसलाई ब्रिक्स शिखर सम्मेलनको हल भनिएको छ ।

तर सी जिनपिङ ढोका भित्र आउने बित्तिकै एक सुरक्षा गार्डले उनका सहयोगीलाई रोक्न बल प्रयोग गरेको देखिन्छ । रोकिए पनि चिनियाँ अधिकारीहरूले भित्र पस्ने प्रयास गर्दा गार्डहरूले जबरजस्ती ढोका बन्द गरिदिन्छन् ।

यो सबै भइरहेको बेला चिनियाँ राष्ट्रपति सी जिनपिङ रातो कार्पेटमा हिँडिरहेका छन् र उनी बारम्बार फर्केर हेरिरहेका छन् । यद्यपि, आफ्ना सहयोगीलाई रोकिएपछि उनले कुनै विरोध वा आपत्ति जनाएको देखिँदैन । 

यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा धेरैले प्रतिक्रिया दिइरहेका छन् ।

जेनिफर जाङ नामक प्रयोगकर्ताले लेखे, ‘दक्षिण अफ्रिकी सुरक्षा अधिकारीहरूले सी जिनपिङका अनुवादकलाई ब्रिक्सको मुख्य स्थलमा प्रवेश गर्नबाट रोक लगाइयो । सी जिनपिङ एकदमै हराएको जस्तै देखिन्छन् ।’

अर्को प्रयोगकर्ताले लेखेका छन् – दक्षिण अफ्रिकी सुरक्षा सेवाले सी जिनपिङका गार्डलाई जबरजस्ती रोक्यो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप