चिनियाँ राष्ट्रपति सी जिनपिङका सहयोगीलाई ढोकामै रोकिएको भिडियो भाइरल
चिनियाँ राष्ट्रपति सी जिनपिङको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ आफ्ना एक सहयोगीसँग हलमा प्रवेश गरिरहेको देखिन्छ । यसलाई ब्रिक्स शिखर सम्मेलनको हल भनिएको छ ।
तर सी जिनपिङ ढोका भित्र आउने बित्तिकै एक सुरक्षा गार्डले उनका सहयोगीलाई रोक्न बल प्रयोग गरेको देखिन्छ । रोकिए पनि चिनियाँ अधिकारीहरूले भित्र पस्ने प्रयास गर्दा गार्डहरूले जबरजस्ती ढोका बन्द गरिदिन्छन् ।
यो सबै भइरहेको बेला चिनियाँ राष्ट्रपति सी जिनपिङ रातो कार्पेटमा हिँडिरहेका छन् र उनी बारम्बार फर्केर हेरिरहेका छन् । यद्यपि, आफ्ना सहयोगीलाई रोकिएपछि उनले कुनै विरोध वा आपत्ति जनाएको देखिँदैन ।
यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा धेरैले प्रतिक्रिया दिइरहेका छन् ।
जेनिफर जाङ नामक प्रयोगकर्ताले लेखे, ‘दक्षिण अफ्रिकी सुरक्षा अधिकारीहरूले सी जिनपिङका अनुवादकलाई ब्रिक्सको मुख्य स्थलमा प्रवेश गर्नबाट रोक लगाइयो । सी जिनपिङ एकदमै हराएको जस्तै देखिन्छन् ।’
अर्को प्रयोगकर्ताले लेखेका छन् – दक्षिण अफ्रिकी सुरक्षा सेवाले सी जिनपिङका गार्डलाई जबरजस्ती रोक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण