सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाले किन गर्‍यो समीक्षा अधिकारीको भिसा रद्द ?

बिहीबार, ०७ भदौ २०८०, ११ : ३४
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । गायिका समीक्षा अधिकारीको अस्ट्रेलियाको भिसा रद्द भएको पाइएको छ ।  उनले यसअघि नै पाएको एक वर्ष अवधिको भिसा रद्द भएको हो । 

आखिर उनको भिसा रद्द किन भयो त ? यसको कारक उनकी दिदी भएको बताइएको छ । फागू पूर्णिमामा अस्ट्रेलिया यात्राको क्रममा उनले आफू १८ वर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई लिएर गएकी थिइन् । फर्किँदा उनले दिदीलाई उतै छोडेर आएको कारण अहिले भिसा रद्द भएको बताइन्छ ।

समीक्षा अहिले फेरि तीजको अवसरमा आयोजना हुन लागेको कार्यक्रमका लागि अस्ट्रेलिया जाने तयारीमा थिइन् । उनको एक वर्षको भिसा भएकाले उनले फेरि आवेदन दिनुपर्ने थिएन । तर, समीक्षाले फेरि आफू १८ वर्ष नपुगेकोले केयर टेकरको आवश्यकता पर्ने भन्दै आवेदन दिएकी थिइन् ।

केयर टेकरको रूपमा लैजान लागेको व्यक्तिको भिसाका लागि आवेदन गर्दा पहिले लगेको केयर टेकर उतै छाडेको कारण नेपालस्थित अस्ट्रेलियन दूतावासले उनको भिसा नै रद्द गरिदिएको बताइएको छ । 

समीक्षाले अब तत्काल भिजा पाउँछिन् वा पाउँदिनन् त्यो भने अहिले बाहिर आएको छैन । यस विषयमा समीक्षा पनि मौन छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप