मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा भ्यान र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु, ८ घाइते

शुक्रबार, ०८ भदौ २०८०, १४ : २०
शुक्रबार, ०८ भदौ २०८०

इस्लामावाद । पाकिस्तानको दक्षिण सिन्ध प्रान्तको थट्टा जिल्लामा भ्यान र ट्रक एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । थट्टा जिल्लाको झिरक क्षेत्र नजिकै विपरित दिशाबाट आउँदै गरेको एक ट्रक र भ्यान सडकमा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । 

घटनालगत्तै घटनास्थलमा उद्धारकर्मी पुगेर घाइतेलाई नजिकको अस्पतालमा उपचारका लागि पुर्याएका थिए । केही गम्भीर घाइतेहरुलाई अर्को अस्पतालमा सारिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप