खजुरीमा रेल सङ्ग्रहालय बन्दैछ : मन्त्री ज्वाला
काठमाडौँ । नेपालमा पहिलोपटक रेल आएको स्थान धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल सङ्ग्रहालय बनाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खजुरीमा अहिले पनि ब्रिटिस सरकारले छोडेका १० वटा रेल इञ्जिन रहेकाले त्यस क्षेत्रमा सङ्ग्रहालय बनाउन लागिएको जानकारी दिए ।
मन्त्री ज्वालाले यसै वर्ष काम सक्ने गरी योजना अगाडि बढाइएको बताउँदै भने, “दश कट्ठा क्षेत्रफलभित्र सङ्ग्रहालय बन्दैछ । तत्कालीन समयमा ल्याइएका रेल राखेर सङ्ग्रहालय बनाइनेछ ।” मन्त्रालयले रेल्वेको जमिनको चारैतिर पर्खाल निर्माण गर्न र अन्य सम्पत्तिको संरक्षण तथा थप अध्ययनका लागि एक प्राविधिक टोली पठाउने लागेको जनाएको छ ।
केही साताअघि मन्त्री ज्वालाले सङ्ग्रहालय बनाउने क्षेत्रको स्थलगत भ्रमण पनि गरेका थिए । भ्रमणलगतै उनले रेल विभाग र रेल्वे कम्पनीसँग गर्नुभएको छलफलपछि सङ्ग्रहालय बनाउने निर्णय भएको कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए ।
विसं १९९४ मा तत्कालीन ब्रिटिस इन्डिया कम्पनीले पहिलोपटक जयनगरदेखि बिजुलापुरासम्म कार्गो रेल सञ्चालन गरेको थियो । ब्रिटिस इन्डिया कम्पनीले ग्यारेज बनाउन र नेपालको काठ लैजान पहिलोपटक बिजुलापुरामा रेल ल्याएको थियो । फर्किदा स्टिम इन्जिन र डिजेल इन्जिनका १० रेल छोडेको थियो । ती इन्जिनलाई पछि गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण