आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा

शुक्रबार, ०८ भदौ २०८०, १७ : २५
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार साँझ ५ बजेबाट दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रमुख सचेतक सन्तोष परियारले रातोपाटीलाई बताए ।

उनका अनुसार बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुनेछ ।

भदौ ११ गते ३ बजे सभापति चयन गर्ने गरी कार्यतालिका प्रकाशन भएको छ । सत्ता र प्रमुख प्रतिपक्षबीच संसदीय समितिको भागबण्डा हुँदा राष्ट्रिय मान्यता प्राप्त रास्वपा र राप्रपालाई बाइपास गरिएको थियो ।

समिति सभापतिका लागि उम्मेदवार दिने वा नदिने भन्नेबारे बैठकले टुंगो लगाउने परियारले बताए । पार्टीको आगामी संसदीय अभ्यास र विविध विषयमा छलफल हुने परियारलेको भनाइ छ ।

 रास्वपाले संसदीय दलमा सामुहिक छलफल गरेर मात्र संसद बैठकमा सहभागी हुने अभ्यास थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप