आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगमा चेल्सीको पहिलो जीत

शनिबार, ०९ भदौ २०८०, ०७ : १९
शनिबार, ०९ भदौ २०८०

लण्डन । नयाँ म्यानेजर माउरिसियो पोचेटिन्होको नेतृत्वमा चेल्सीले प्रिमियर लिगमा पहिलो जीत हासिल गरेको छ । शुक्रबार भएको खेलमा चेल्सीले लुटन टाउनलाई ३–० गोलले हराएको हो ।

चेल्सीको जीतमा राहिम स्टर्लिङ नायक बने । उनले दुई गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । खेलको १७ औँ मिनेट र ६८ औँ मिनेटमा उनले गोल गरेका हुन् ।

निकोलस ज्याक्सनका लागि खेलको तेस्रो गोलको अवसर पनि स्टर्लिङले नै सिर्जना गरे । खेलपछि इंग्ल्याण्डका विंगरले यो सिजन आफू क्लबका लागि सिजनको सर्वाधिक गोलकर्ता बन्न चाहेको बताए । 

जीतपछि टोली लिगको आठौँ स्थानमा उक्लिएको छ । टोलीको ४ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप