प्रिमियर लिगमा चेल्सीको पहिलो जीत
शनिबार, ०९ भदौ २०८०, ०७ : १९
लण्डन । नयाँ म्यानेजर माउरिसियो पोचेटिन्होको नेतृत्वमा चेल्सीले प्रिमियर लिगमा पहिलो जीत हासिल गरेको छ । शुक्रबार भएको खेलमा चेल्सीले लुटन टाउनलाई ३–० गोलले हराएको हो ।
चेल्सीको जीतमा राहिम स्टर्लिङ नायक बने । उनले दुई गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । खेलको १७ औँ मिनेट र ६८ औँ मिनेटमा उनले गोल गरेका हुन् ।
निकोलस ज्याक्सनका लागि खेलको तेस्रो गोलको अवसर पनि स्टर्लिङले नै सिर्जना गरे । खेलपछि इंग्ल्याण्डका विंगरले यो सिजन आफू क्लबका लागि सिजनको सर्वाधिक गोलकर्ता बन्न चाहेको बताए ।
जीतपछि टोली लिगको आठौँ स्थानमा उक्लिएको छ । टोलीको ४ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण