शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेन : चुम्बन विवादबारे महिला खेलाडीले भनिन्, ‘त्यो मेरो इच्छा थिएन’

शनिबार, ०९ भदौ २०८०, १० : २६
शनिबार, ०९ भदौ २०८०

स्पेनिस महिला फुटबल खेलाडी जेनी हर्मोसोले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेसले आफूलाई चुम्बन गर्दा उनले सहमति नदिएको बताएकी छन् ।

स्पेनका ८० जनाभन्दा बढी महिला खेलाडीले रुबिलेसलाई पदबाट नहटाएसम्म मैदानमा नजाने बताएका छन् । गत आइतबार महिला विश्वकपको फाइनलमा स्पेनले इंग्ल्याण्डलाई पराजित गरेको थियो ।

यसै क्रममा रुबिलेसले स्पेनकी महिला खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेका थिए । त्यसयता उनको राजीनामाको माग भइरहेको छ, जसलाई उनले अहिलेसम्म बेवास्ता गर्दै आएका छन् ।

शुक्रवार रुबिलेसले राजीनामाको मागलाई अस्वीकार गर्दै उत्तेजक भाषणमा त्यो चुम्बन सहमतिमा भएको बताएका थिए । स्पेन सरकारले रुबिलेसलाई पदबाट हटाउन कानुनी प्रक्रिया सुरु गरेको छ । स्पेनमा फुटबलका धेरै महत्त्वपूर्ण प्रायोजकहरूले पनि कारबाहीको माग गरेका छन् ।

विजयको उत्सवमा स्पेनकी महारानी लेटिजियाको नजिक उभिएर आफ्नो गुप्ताङ्ग छोएकोमा पनि रुबिलेसको आलोचना भएको छ । यस विवादले स्पेनमा महिला अधिकारसम्बन्धी लामो समयदेखि चलिरहेको विवादलाई बढाएको छ ।

रुबिलेस सन् २०१८ देखि स्पेनिस फुटबल महासंघका अध्यक्ष छन् । स्पेन सरकारका धेरै मन्त्रीहरूले पनि उनको व्यवहारको आलोचना गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप