स्पेन : चुम्बन विवादबारे महिला खेलाडीले भनिन्, ‘त्यो मेरो इच्छा थिएन’
स्पेनिस महिला फुटबल खेलाडी जेनी हर्मोसोले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेसले आफूलाई चुम्बन गर्दा उनले सहमति नदिएको बताएकी छन् ।
स्पेनका ८० जनाभन्दा बढी महिला खेलाडीले रुबिलेसलाई पदबाट नहटाएसम्म मैदानमा नजाने बताएका छन् । गत आइतबार महिला विश्वकपको फाइनलमा स्पेनले इंग्ल्याण्डलाई पराजित गरेको थियो ।
यसै क्रममा रुबिलेसले स्पेनकी महिला खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेका थिए । त्यसयता उनको राजीनामाको माग भइरहेको छ, जसलाई उनले अहिलेसम्म बेवास्ता गर्दै आएका छन् ।
शुक्रवार रुबिलेसले राजीनामाको मागलाई अस्वीकार गर्दै उत्तेजक भाषणमा त्यो चुम्बन सहमतिमा भएको बताएका थिए । स्पेन सरकारले रुबिलेसलाई पदबाट हटाउन कानुनी प्रक्रिया सुरु गरेको छ । स्पेनमा फुटबलका धेरै महत्त्वपूर्ण प्रायोजकहरूले पनि कारबाहीको माग गरेका छन् ।
विजयको उत्सवमा स्पेनकी महारानी लेटिजियाको नजिक उभिएर आफ्नो गुप्ताङ्ग छोएकोमा पनि रुबिलेसको आलोचना भएको छ । यस विवादले स्पेनमा महिला अधिकारसम्बन्धी लामो समयदेखि चलिरहेको विवादलाई बढाएको छ ।
रुबिलेस सन् २०१८ देखि स्पेनिस फुटबल महासंघका अध्यक्ष छन् । स्पेन सरकारका धेरै मन्त्रीहरूले पनि उनको व्यवहारको आलोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण