शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
लघुकथा

पदस्थापन

शनिबार, ०९ भदौ २०८०, ११ : ०२
शनिबार, ०९ भदौ २०८०

‘आज त निकै रमाइलो रहेछ साहुजी । के भएर अबिर जात्रा हुँदैछ ? हामी पनि चिया खाँदै बसेर हेरौँ न ।’ चियाको अर्डर दिँदै साहुजीलाई भनेँ । 

बाह्र, पन्ध्रवटा मोटरसाइकलको घेराभित्र एउटा कार बिस्तारै हिँडाइएको छ । सबै मोटरसाइकलमा पछाडि बस्नेले झण्डा लिएका छन् । आफ्नो संगठनलाई  ‘जिन्दाबाद, जिन्दाबाद’ भनेर नारा लगाएको सुनिएको छ । 

‘ए तेजको गाडीमा पो ल्याएछन् ।’ म सँगै बसेर चिया खाँदै गरेको भाइले भनेको सुने । 

भाइलाई नचिने पनि सोध्न मन लाग्यो, ‘तेज भनेको को हो र ?’ 

उसले भन्यो, ‘पहिला त विद्यार्थी नेता हो क्यार । पढेर त सक्यो तर परीक्षा दिँदैछ । अरू के काम गर्छ, थाहा छैन ।’ 

हामीले हेर्दै गर्दा समूह एउटा शैक्षिक संस्थाको गेटबाट भित्र पस्यो । 

‘आज के भएको हो भाइ ?’ मैले जिज्ञासा राखेँ । 

‘दलीय भागबण्डामा यिनीहरूको पार्टीलाई परेछ । त्यसैले, नयाँ पदाधिकारीलाई पदस्थापन गर्न ल्याएका ।’ उसले भन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप