पदस्थापन
‘आज त निकै रमाइलो रहेछ साहुजी । के भएर अबिर जात्रा हुँदैछ ? हामी पनि चिया खाँदै बसेर हेरौँ न ।’ चियाको अर्डर दिँदै साहुजीलाई भनेँ ।
बाह्र, पन्ध्रवटा मोटरसाइकलको घेराभित्र एउटा कार बिस्तारै हिँडाइएको छ । सबै मोटरसाइकलमा पछाडि बस्नेले झण्डा लिएका छन् । आफ्नो संगठनलाई ‘जिन्दाबाद, जिन्दाबाद’ भनेर नारा लगाएको सुनिएको छ ।
‘ए तेजको गाडीमा पो ल्याएछन् ।’ म सँगै बसेर चिया खाँदै गरेको भाइले भनेको सुने ।
भाइलाई नचिने पनि सोध्न मन लाग्यो, ‘तेज भनेको को हो र ?’
उसले भन्यो, ‘पहिला त विद्यार्थी नेता हो क्यार । पढेर त सक्यो तर परीक्षा दिँदैछ । अरू के काम गर्छ, थाहा छैन ।’
हामीले हेर्दै गर्दा समूह एउटा शैक्षिक संस्थाको गेटबाट भित्र पस्यो ।
‘आज के भएको हो भाइ ?’ मैले जिज्ञासा राखेँ ।
‘दलीय भागबण्डामा यिनीहरूको पार्टीलाई परेछ । त्यसैले, नयाँ पदाधिकारीलाई पदस्थापन गर्न ल्याएका ।’ उसले भन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण