इन्जिनियरिङ शिक्षाको प्रवेश परीक्षा स्थगित, शुल्क बढाउने निर्णय खारेज नगर्ने संस्थानको अडान
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको (बि.ईं/बिआर्क) प्रवेश परीक्षा स्थगित गरेको छ । शनिबार सार्वजनिक विज्ञप्ति जारी गर्दै इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले प्रवेश परीक्षा स्थगित भएको जानकारी दिएको हो ।
संस्थानले बि.ई/बि.आर्क प्रवेश परीक्ष र सार्वजनिक गरिएको भर्ना शुल्क सम्बन्धमा सरोकारवाला पक्षहरुबाट चासो र विरोध भएकोले तत्कालका लागि प्रवेश परीक्षा सम्बन्धी भदौ १९ गते पछिका सम्पूर्ण पूर्व प्रकाशित तालिकाहरु अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको जनाएको छ ।
साथै संस्थानले समस्या समाधानका लागि सरोकारवाला पक्ष प्रध्यापक, कर्मचारी तथा विद्यार्थी र आन्दोनरत पक्षलाई छलफल तथा वार्तामा सम्मिलित भई उचित निकासहित शैक्षिक वातावरण निर्माण गर्नका लागि सबैमा अपिल समेत गरेको छ ।
यता, संस्थानले शुल्क बढाउने निर्णय खारेज नगर्ने अडान भने कायमै राखेको छ ।
हेर्नुहोस् विज्ञप्ति :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण