एम्बाप्पेको दुई गोलमा पीएसजीको पहिलो जीत
आइतबार, १० भदौ २०८०, ०६ : २५

पेरिस । किलियान एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले लेन्समाथि सहज जीत हासिल गरेको छ । लिग वानमा यो सिजन साबिक विजेता टोलीको पहिलो जीत हो ।
खेलको पहिलो हाफमा मार्को असेन्सियोले पीएसजीलाई अग्रता दिलाएका थिए । करारको विवादपछि पहिलोपटक खेलको सुरुवात गरेका एम्बाप्पेले दोस्रो हाफको सुरुवातमा नै गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेलको अन्तिम मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । गत हप्ता टोलुजविरुद्धको खेलमा पनि अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेर एम्बाप्पेले गोल गरेका थिए ।
इन्जुरी समयमा लेन्सका मोर्गन गुइलाभोगुइले सान्तवना गोल गरेपछि खेल ३–१ ले पीएसजीले जित्यो । दुई बराबरी र एक जीतसहित लुइस एनरिकेको टोली लिगमा पाँचौँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन
-
अरब सागरबाट भित्रियो जलवाष्पयुक्त हावा, कहाँ कहाँ छ वर्षाको सम्भावना ?
-
ट्रम्पले मध्यपूर्व टेक्नुअघि हमासले रिहा गरेका अलेक्जेन्डर फर्किए इजरायल
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची