विभिन्न निर्णय गर्दै प्रेस सेन्टर नेपालको पदाधिकारी बैठक सम्पन्न
काठमाडौं । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । राजधानीको पेरिसडाँडामा शनिबार सम्पन्न बैठकले विभिन्न निर्णयहरू गरेको छ ।
संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतामा सम्पन्न बैठकले ३ महिने संगठन सुदृढीकरण तथा विस्तार अभियान र ६ महिने विशेष कार्ययोजना समावेश भएको महासचिव सन्तोष पौडेलद्वारा प्रस्तुत संठनात्मक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
बैठकले गण्डकी प्रदेश इन्चार्जमा उपमहासचिव दिपक श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा प्रदेश इन्चार्ज समेत रहेका उपाध्यक्ष त्रिभुवन पौडेलको निधन भएपछि सो रिक्त पदमा श्रेष्ठलाई जिम्मेवारी दिइएको हो ।
त्यसैगरी बैठकले संगठनको कमिटी संरचना चुस्त दुरूस्त र कामयावि बनाउन विधान सम्मेलन गर्ने निर्णय गरेको छ जसको लागि उपाध्यक्ष गोविन्द देवकोटाको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति पनि निर्माण गरेको छ ।
बैठकमा सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले देशमा राजनीतिक संकट आइरहेको बताउँदै नेपाल अन्तराष्ट्रिय शक्ति केन्द्रको भूमि बन्ने खतरा रहेकोले नेपाली जनताको साथले मात्रै संकटलाई जित्नका लागि जनतालाई मनोवल रुपमा तयार गर्नका लागि सबै जनताका जान अपिल गरे ।
उनले नेपाल र नेपालीलाई मुक्ति गर्नका लागि माओवादी केन्द्रको प्रमुख भूमिका रहेकोले गर्दा माओवादीले सञ्चालन गरेको ३ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सफल बनाउनको लागि सबै लाग्न अपिल गरे ।
बैठकमा संस्थापक अध्यक्ष तथा प्रेस सेन्टरको सहइन्चार्ज महेश्वर दाहाल, प्रेस सेन्टरका संस्थापक सदस्य तथा प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
बैठकमा उपाध्यक्ष, महासचिव, पदाधिकारी र प्रदेश अध्यक्षहरुले रिपोटिङ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण