जाम घटाउने लक्ष्यसहित ललितपुर महानगरले सुरु गर्यो ‘प्यारालाल पार्किङ’
ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि समानान्तर पार्किङ सुरु गरेको छ । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले आजदेखि सडकको एकपट्टि समानान्तर पार्किङ सुरु गरेको रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार यसअघि सवारीलाई सडकमा छड्के पारेर राख्ने गरिएको थियो । जसले गर्दा बाटोको आधा भाग डाक्दै आइरहेको थियो । हाछेथुले छड्केरुपमा गाडी पार्किङ गर्दा सडकको करिब २८ फिटसम्म ढाक्ने गरेको बताए । तर, आजदेखि समानान्तर (सिधारुपमा) पार्किङ सुरु गरेपछि जाम हट्ने उनको भनाइ छ ।
कुमारीपाटी स्कुल कलेजको हब समेत हो । यस्तै, ललितपुरको ठुला बजारहरूको सूचीमा कुमारीपाटी समेत पर्छ । लगनखेल जाने प्रमुख नाका समेत भएकाले यस स्थानमा धेरै जाम हुने गरेको छ । यही जामलाई व्यवस्थापन गर्ने लक्ष्यसहित महानगर प्रमुख चिरिबाबु महर्जनले समानान्तर पार्किङ सुरु गरेका हुन् । उनले स्थानीय बासिन्दा र व्यापारीको समन्वयमा समानान्तर पार्किङ सुरु गरेका हुन् ।
‘अस्तव्यस्त पार्किङ व्यवस्थाले सडक अव्यवस्थित बन्दा सडकमा सवारी दुर्घटना समेत हुने गरेको थियो,’ हाछेथुले भने, ‘कुमारीपाटी आसपासको ७३४ मिटरमा फैलिएको छ ।’ यसबाट, जावलाखेलदेखि पाटनढोका जाने क्षेत्रसम्म पार्किङ व्यवस्थित बन्ने उनको भनाइ छ ।
महानगरले जावलाखेलबाट लगनखेल जाँदा बायाँतर्फ पार्किङको व्यवस्था गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण