नयाँ विधान कार्यान्वयन जसपाको प्रमुख कार्यभार : राजेन्द्र श्रेष्ठ
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टीको नयाँ विधान कार्यान्वयन जसपाको अहिलेको प्रमुख कार्यभार रहेको बताएका छन् ।
पार्टीको गण्डकी प्रदेश समितिले आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सांगठनिक कार्यलाई तिव्रता दिई विधान कार्यान्वयनमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।
त्यस्तै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले ३ महिने पार्टी विस्तार तथा सुदृढिकरण अभियानलाई परिणाममुखी बनाउन सबैजना जुट्नुपर्ने बताए ।
पार्टीको गण्डकी प्रदेश समितिको इन्चार्ज समेत रहेका थापाले पार्टी निर्माणमा इमान्दारीपूर्वक नेता, कार्यकर्ताहरुलाई लाग्नुपर्ने कुरामा जोड दिए ।
उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी करिब ५ दर्जन नेता, कार्यकर्ताहरु जसपा प्रवेश गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ सहितका नेताहरुले खादा र अबिर लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण