कालिकोटको सुनाथराली विमानस्थलको परीक्षण उडान अब असोज १३ गते
सुर्खेत । कालिकोटको सुनाथलारी विमानस्थलमा बुधबार गर्ने परीक्षण उडान स्थगित भएको छ । प्राविधिक तयारी नपुगेको भन्दै परीक्षण उडान स्थगित गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थल परीक्षणको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । त्यसका लागि तयारी समेत भएको थियो । यद्यपि प्रधानमन्त्री प्रचण्डको व्यस्तता र पर्यटन मन्त्री सुदन किरातीका बुबाको निधन भएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताइएको छ । पर्यटन मन्त्री किरातीले बुबाको निधन भएको र अन्य प्राविधिक तयारी नपुगेकाले स्थगन गर्नुपरेको बताएका छन् । उनले भनेका छन्,‘हवाई यातायातको सम्बन्धमा कर्णालीबासी जनसमुदायको दुख र हैरानी बुझेको छु र सदाका लागि समाधान गर्न लागि परेको छु ।’
नरहरीनाथ गाउँपालिका–१ मा रहेको उक्त विमानस्थलमा २०७३ माघ २९ गते तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान गरिएको थियो ।
यद्यपि अझै पनि यो विमानस्थलमा नियमित उडान हुन सकिरहेको छैन । यो विमानस्थलको निर्माण कार्य ०४२ सालबाट नै सुरु भएको थियो ।
पर्यटन मन्त्री किरातीले अब सुनथराली विमानस्थलमा परीक्षण उडानको कार्यक्रम असोज १३ गते राखिएको बताए । उक्त दिन सुनथरालीसँगै डोल्पाको मसिनेचौर विमानस्थलको पनि परीक्षण उडान कार्य गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण