बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पिताको त्यो एउटा गल्ती जुन मुकेश अम्बानी दोहोर्‍याउन चाहँदैनन्

मङ्गलबार, १२ भदौ २०८०, ०९ : २१
मङ्गलबार, १२ भदौ २०८०

अघिल्लो वर्ष मुकेश अम्बानीले भारतको सबैभन्दा ठुलो टेलिकम कम्पनी रिलायन्स जियो इन्फोकम लिमिटेडको कमान आफ्ना छोरा आकाश अम्बानीलाई सुम्पिएका छन् । 

यसका साथै रिटेल व्यापारको कमान ईशा अम्बानीलाई सुम्पिएका छन् । अनि अनन्त अम्बानीका लागि ऊर्जा व्यवसायमा सम्भावनाहरू खोजिएको छ ।

जियो इन्फोकम कम्पनी जियो प्लेटफर्मको सहायक कम्पनी हो जसका अध्यक्ष अझै पनि मुकेश अम्बानी हुन् । यो कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेड अन्तर्गत पर्छ ।

रिलायन्सले हाल तेल र पेट्रो केमिकल, टेलिकम र रिटेल गरी तीन वटा क्षेत्रमा व्यापार गरिरहेको छ ।

मुकेश अम्बानीले आफ्ना प्रत्येक सन्तानलाई एउटा–एउटा क्षेत्रको जिम्मेवारी दिएका छन् । र, यी तीन क्षेत्रमा सञ्चालित कम्पनीहरूको वित्तीय आकार झन्डै उस्तै छ ।

रिलायन्सले हालै वित्तीय सेवा क्षेत्रमा कदम चालेको छ जसमा ईशा अम्बानीलाई बोर्ड सदस्य बनाइएको छ ।

मुकेश अम्बानीको यो घोषणाले देखाउँछ कि उनी आफ्नो व्यापार समूहको कमान्ड आफ्ना छोराछोरीलाई सुम्पने योजनामा छन् ।

सन् २००२ मा रिलायन्स समूहका संस्थापक धिरुभाई अम्बानीको असामयिक मृत्युपछि उनका दुई छोरा मुकेश अम्बानी र अनिल अम्बानीबीच उत्तराधिकारको लागि व्यापक सङ्घर्ष देखिएको थियो ।

यो सार्वजनिक लडाइपछि सन् २००५ मा मुकेशले तेल र पेट्रोकेमिकल क्षेत्रमा सक्रिय कम्पनी पाए ।

अनिल अम्बानीले टेलिकम, पावर, फाइनान्सियल व्यापार लगायतका अन्य एकाइहरू पाए ।

mukesh_anil ambaniतर दुई दाजुभाइको भविष्य एक अर्कासँग नितान्त फरक थियो ।

मुकेश अम्बानीले आफूलाई एसियाको सबैभन्दा धनी व्यक्तिको रूपमा स्थापित गरे, जबकि अनिल अम्बानीले लन्डनको अदालतमा २०२० मा आफ्नो कुल सम्पत्ति शून्य घोषणा गरे ।

तर, पछिल्ला केही वर्षयता दुई दाजुभाइबीचको सम्बन्धमा रहेको तिक्तता केही हदसम्म कम भएको छ ।

सन् २०१९ मा मुकेश अम्बानीले अनिल अम्बानीलाई जेल जानबाट बचाउन ७७ मिलियन डलर तिर्न मद्दत गरेका थिए ।

यससँगै दुई दाजुभाइबीचको गैर–प्रतिस्पर्धी सम्झौता पनि खारेज भएको छ, जसका कारण मुकेश दूरसञ्चार व्यवसायसँगै वित्तीय सेवा क्षेत्रमा पनि प्रवेश गर्न पाएका छन् ।

स्ट्यानफोर्डमा पढाई अधुरै छोडेका मुकेश अम्बानीले कपडादेखि पेट्रोकेमिकल्ससम्म फैलिएको आफ्नो बुबाको व्यवसायलाई विस्तार गरेर भारतको सबैभन्दा शक्तिशाली व्यापार समूहमा रिलायन्स समूह निर्माण गरे ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप