नेप्से
सेयर बजारमा नैरास्यता : ५ अंकले घटेको बजारमा जम्मा ८६ करोडको कारोबार
मङ्गलबार, १२ भदौ २०८०, १५ : ४८
काठमाडौँ । पछिल्लो दिनमा सेयर बजारप्रति आम लगानीकर्ताहरुको नैरास्यता छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर बजारमा ५ अंकले नेप्से सूचक घट्दा कारोबारमा तीव्र गिरावट आएको हो ।
नेप्सेका अनुसार आज नेप्से सूचक ५.०५ अंकले घट्दै १९ सय ९३.४२ अंकको विन्दुमा झरेको छ ।
यस दिन जम्मा ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर मात्र कारोबार भएको छ ।
इन्भेष्टमेन्ट, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ कम्पनीहरुको सेयर मूल्यमा झिनो प्रतिशतले मात्र वृद्धि भएको छ भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् ।
तथापि, आज पनि कुथेली बुकहारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फन्डको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण