बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पार्टीमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू हुनेछ : श्रेष्ठ

मङ्गलबार, १२ भदौ २०८०, १९ : २१
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ  । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी विधानको धारा १३७ बमोजिम एक व्यक्ति एक समितिको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबैलाई जिम्मेवारी व्यवस्थापन गरिने बताएका छन् ।

पार्टीको अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले जसपा परम्परागत पुराना दलहरूले भन्दा भिन्न राजनीतिक सिद्धान्तको रूपमा अगाडि बढेको दाबी गरे । 

लोकतान्त्रिक अकेन्द्रिकरणको संगठनात्मक सिद्धान्तले पार्टीको सार्वभौमसत्ता पार्टी सदस्यहरूमा निहित गर्दै पार्टीका प्रदेश संरचनाहरूलाई आफ्नो क्षेत्राधिकार भित्रका काम आफै निर्णय गर्न सक्ने व्यवस्था विधानले नै गरेको उनले बताए ।

पार्टीले सञ्चालन गरेको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको दुई मुख्य कार्यभार पार्टीलाई वैचारिक र राजनीतिक रूपले सक्षम बनाउनु तथा पार्टीका प्रदेश समिति र राष्ट्रिय समितिलाई विधानले तोके बमोजिमको पदाधिकारी र संख्यामा सीमित गरी गठन पुनर्गठन गर्नु रहेको उनले बताए । 

उनले जिल्ला समन्वय समितिहरूलाई पनि यथाशीघ्र जिल्ला तदर्थ समितिमा रूपान्तरण गर्नुपर्ने बताउँदै स्थानीय तहका सबै समितिहरूलाई व्यवस्थित गर्नुपर्ने विचार राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप