पार्टीमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू हुनेछ : श्रेष्ठ
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी विधानको धारा १३७ बमोजिम एक व्यक्ति एक समितिको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबैलाई जिम्मेवारी व्यवस्थापन गरिने बताएका छन् ।
पार्टीको अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले जसपा परम्परागत पुराना दलहरूले भन्दा भिन्न राजनीतिक सिद्धान्तको रूपमा अगाडि बढेको दाबी गरे ।
लोकतान्त्रिक अकेन्द्रिकरणको संगठनात्मक सिद्धान्तले पार्टीको सार्वभौमसत्ता पार्टी सदस्यहरूमा निहित गर्दै पार्टीका प्रदेश संरचनाहरूलाई आफ्नो क्षेत्राधिकार भित्रका काम आफै निर्णय गर्न सक्ने व्यवस्था विधानले नै गरेको उनले बताए ।
पार्टीले सञ्चालन गरेको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको दुई मुख्य कार्यभार पार्टीलाई वैचारिक र राजनीतिक रूपले सक्षम बनाउनु तथा पार्टीका प्रदेश समिति र राष्ट्रिय समितिलाई विधानले तोके बमोजिमको पदाधिकारी र संख्यामा सीमित गरी गठन पुनर्गठन गर्नु रहेको उनले बताए ।
उनले जिल्ला समन्वय समितिहरूलाई पनि यथाशीघ्र जिल्ला तदर्थ समितिमा रूपान्तरण गर्नुपर्ने बताउँदै स्थानीय तहका सबै समितिहरूलाई व्यवस्थित गर्नुपर्ने विचार राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण