आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
एसिया कप

२६ रन बनाउँदै आउट भए आरिफ

बुधबार, १३ भदौ २०८०, २० : ५७
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ । 

चौथो विकेटका रुपमा नेपाली ब्याट्सम्यान आरिफ शेख २६ रन बनाउँदै आउट भए । उनले ३८ बलमा पाँच चौका हिर्काए । 

उनलाई तिब्रगतिका पाकिस्तानी बलर ह्यारिस रउफले बोल्ड गरे । नेपालका ब्याट्सम्यान आरफ शेख र सोमपाल कामीले ५९ रनको साझेदारी गरे । 

सोमपाल २८ रन बनाउँदै क्रिजमा छन् । १४.४ ओभरमा चार विकेट गुमाएर ७३ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप