मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भदौ १७ र १८ गते चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोट गरिने

बिहीबार, १४ भदौ २०८०, १३ : ३७
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि आवेदन दिएकाहरूको अन्तर्वार्ता भदौं १७ र १८ गते हुने भएको छ । आयोगको उपाध्यक्ष पदका लागि दरखास्त पेश गर्ने उम्मेदवारहरूमध्ये दरखास्त स्वीकृत भएका ९ जनाका लागि  अन्तर्वार्ताको सूचना जारी गरिएको हो ।

आयोगको उपाध्यक्ष पदका लागि प्राडा संगितासिंह भण्डारी, प्राडा सुमनकुमार श्रेष्ठ, डा.प्रविण मिश्र, प्राडा पियुस दाहाल र प्राडा विधान निधि पौडेल, वर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, डा.प्रमोदकुमार यादव, डा.अञ्जनीकुमार झा र प्राडा मनेनप्रसाद गोर्खालीको आवेदन स्वीकृत भएको छ ।

उम्मेदवारहरूले अन्तर्वार्तामा आउँदा आवेदनका साथ पेश गरेका सबै कागजातहरूको सक्कलप्रति लिएर निर्धारित समयभन्दा कम्तीमा १ (एक) घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ ।

यस्तै व्यावसायिक कार्ययोजना सहितको सोचपत्रको प्रस्तुतिकरण (PowerPoint Presentation Slide–electronic copy jf Flip Chart ) भदाै १५ गते शुक्रबार दिनको ३ः०० बजेभित्र सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा पेश गर्न समेत आग्रह गरिएको छ । 

सोचपत्रको प्रस्तुतीकरण र अन्तर्वार्ताको दिन सार्वजनिक बिदा पर्न गएमा समेत उक्त कार्यक्रम यथावत् सञ्चालन हुने सूचनामार्फत जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप