भदौ १७ र १८ गते चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोट गरिने
काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि आवेदन दिएकाहरूको अन्तर्वार्ता भदौं १७ र १८ गते हुने भएको छ । आयोगको उपाध्यक्ष पदका लागि दरखास्त पेश गर्ने उम्मेदवारहरूमध्ये दरखास्त स्वीकृत भएका ९ जनाका लागि अन्तर्वार्ताको सूचना जारी गरिएको हो ।
आयोगको उपाध्यक्ष पदका लागि प्राडा संगितासिंह भण्डारी, प्राडा सुमनकुमार श्रेष्ठ, डा.प्रविण मिश्र, प्राडा पियुस दाहाल र प्राडा विधान निधि पौडेल, वर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, डा.प्रमोदकुमार यादव, डा.अञ्जनीकुमार झा र प्राडा मनेनप्रसाद गोर्खालीको आवेदन स्वीकृत भएको छ ।
उम्मेदवारहरूले अन्तर्वार्तामा आउँदा आवेदनका साथ पेश गरेका सबै कागजातहरूको सक्कलप्रति लिएर निर्धारित समयभन्दा कम्तीमा १ (एक) घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ ।
यस्तै व्यावसायिक कार्ययोजना सहितको सोचपत्रको प्रस्तुतिकरण (PowerPoint Presentation Slide–electronic copy jf Flip Chart ) भदाै १५ गते शुक्रबार दिनको ३ः०० बजेभित्र सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा पेश गर्न समेत आग्रह गरिएको छ ।
सोचपत्रको प्रस्तुतीकरण र अन्तर्वार्ताको दिन सार्वजनिक बिदा पर्न गएमा समेत उक्त कार्यक्रम यथावत् सञ्चालन हुने सूचनामार्फत जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण