मलेसियाले ६६ औं स्वतन्त्रता दिवस मनायो
शुक्रबार, १५ भदौ २०८०, १३ : ५६
काठमाडौँ । मलेसियाले ६६ औं स्वतन्त्रता दिवस मनाएको छ । बिहीवार देश स्वतन्त्र भएको ६६ औं वर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो ।
बुधवार मध्यरातपछि हजारौँ मलेसियालीहरु देशभक्त गीतहरु र अन्य गतिविधिहरु गरेर ६६ औं वर्षदिन मनाएका थिए । बिहीवार बिहान पुत्रजयाको प्रशासनिक केन्द्रमा राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहको निरीक्षणमा परेड उत्सव समापन भएको थियो ।
मलेसियाका राजासँगै प्रधनमन्त्री अनवर इब्राहिम,मन्त्रीपरिषद्का सदस्यहरु र अन्य अधिकारीका साथै हजारौँ सैनिक, नागरिकहरु उपस्थित थिए । जनतालाई सम्बोधन गर्दै राजा सुल्तानले दक्षिणपूर्वी एशियाली देशको सद्भाव र कल्याणका लागि एकता महत्वपूर्ण भएको बताए ।
अगस्ट ३१, १९५७ मा तत्कालीन मलाया संघले ब्रिटिस शासनबाट स्वतन्तत्रा पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण