देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण छैन : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण नभएको बताएका छन् । बुटवल जेसिस स्वर्णजयन्ती समारोह समुद्घाटन एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले देशको अर्थतन्त्र सुधारतर्फ रहेकाले निरास हुन नपर्ने बताएका हुन् ।
‘आशा र निराशाका बीचबाट हामी र देश अगाडि बढ्नुपर्नेछ, निश्चय नै अहिले हामी समस्यामा छौँ, अर्थतन्त्र केही समस्यामा छ,’ महतले भने, ‘तर, यो स्थितिबाट आत्तिनुपर्ने स्थिति छैन ।’ यतिबेला उद्योगी व्यवसायी मर्कामा परेको र आत्मविश्वासमा कमी आएको छ ।
नकारात्मक कुरा गरिराख्यो भने आत्मविश्वास घट्ने बताउँदै अर्थमन्त्रीले उद्योग व्यवसाय गर्छु भन्ने व्यक्तिसमेत चुप लागेर बस्ने भएकाले नकारात्मक विषयलाई बढवा दिन नहुने बताए । ‘अर्थतन्त्रको सङ्केतलाई राम्रोसँग केलाएर अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने, ‘अहिले अर्थतन्त्र सुधारका सङ्केत देखिनु आफैमा सकारात्मक छ ।’
अर्थतन्त्रमा देखिएको निराशाको सङ्केत अस्थायी भएको भन्दै उनले यो धेरै समय नरहने बताए । अहिले पुँजीको परिचालन भइरहेको भन्दै मौद्रिक नीतिमा कडाइ गर्दा ब्याज दर बढेको भन्दै यो दिगो नभएको बताए ।
जेसिजको मूल्य मान्यता र क्रियाकलाप अत्यन्तै महत्त्वपूर्ण भएको भन्दै अर्थमन्त्री डा. महतले जेसिजको भूमिका लोकतन्त्र र शान्ति स्थापना, व्यवसाय र अन्तर्राष्ट्रिय पहुँचमा विशेष भूमिका खेलेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण