कारको रवाफ
“ए, पख् पख् ।” चर्को आवाज सुनेर उ झस्कियो । उसको ध्यान आवाज आएतर्फ गयो ।
“पख् भन्या सुन्दैनस् ।” कारको अर्को झ्याल तर्फबाट अर्को करायो । उ डरायो ।
कारबाट झरेर एक जनाले भन्यो, “कार आएपछि बाटो छोड्नु पर्दैन ?”
“यस्तो साँघुरो गल्लीमा कसरी बाटो छोड्ने दाइ ? बरु पर अलि फराकिलो ठाउँमा गाडी रोकेको भए हुने थियो ।” उसले भन्यो र साइकल उचालेर पेटीमा उकाल्यो ।
“अझ बढी कुरा गर्छस् ?” कारबाट झरेकोले बोल्यो ।
“म कामबाट घर फर्कँदै छु दाइ, हतार छ ।” उसले साइकल समातेर भन्यो ।
“ए, हात हुँदाहुँदै के मुख चलाई रहेको, दे न दनक ।” कार भित्रकोले साथीलाई उक्सायो ।
“गर्लफ्रेण्डलाई क्लबमा कुराइ राछु, यो नाथे थोत्रो साइकलले बाटोमा अल्झाउने ?” भन्दै दुई घुस्सा दिएर सडकमा पछार्यो र कारमा गएर बस्यो
आज एउटा थोत्रो साइकल र नयाँ कार प्रहरी चौकी बाहिर छन् ।
भित्र भने “हेर बाबु, म तिम्रो पाउ पर्छु । मेरा छोराको भविष्य नबिगारिदेऊ ।” भन्दै सहरका मान्य व्यक्ति टाउकोमा मलमपट्टी लगाएको थोत्रो साइकल धनीको खुट्टा छुँदै छन् ।
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण