सरकारले सुन तस्करीको तमासा गरेको एमाले अध्यक्ष ओलीको आरोप

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरुद्धको अभियान भने पनि भ्रष्टाचार गर्ने अभियान चलाएको आरोप लगाएका छन् । शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले एयरपोर्टबाट सुन तस्करीको तमासा गरेको आरोप लगाएका हुन् ।
उनले भने–‘साढे ९ किलो सुन आयो र हरायो । कहाँ गयो त्यो सुन भनेपछि फेरी आयो । स्टोरमा राखियो त्यहाँबाट हरायो, कसरी हरायो भनेपछि फेरि आयो । बजारबाट त्यस्तै नक्कली सिगरेट बनाएर राखिएको रहेछ । फेरि सक्कली आयो फेरि हरायो । कति लाजलाग्दो घिनलाग्दो तमासा । जसले एउटा आइटममा क्विन्टलका क्विन्टल कति दिनदेखि सुन ल्याउँछ, पक्राउ परेको मान्छे को छ भनेर पत्ता लगाउँदै जाँदा भन्सारको अधिकृत हुन्छ । विदेशीलाई नागरिकता दिएर २० हजारमा दर्ता गराउने को हो त्यो ? कसले नागरिकता दिन आदेश दियो, कसले नागरिकता बनायो ? त्यो खोजी गरन ।’ उनले भ्रष्टाचार विरुद्धको नाममा राष्ट्रिय पुँजीलाई गला थिच्ने काम भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन