साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जरमा जाने

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुवै संस्था बीच भदौ १५ गते शुक्रबारका दिन मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने सहमति भएको छ ।
उक्त सम्झौतामा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट अध्यक्ष कृष्ण बहादुर थापा र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट अध्यक्ष नारायण प्रसाद जोशीले हस्ताक्षर गरे ।
त्यस्तै सञ्चालक समिति अध्यक्षमा हालको साधना लघुवित्त वित्तीय संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका केशब कुमार पौडेल रहने सहमति भएको छ ।
तनहुँ जिल्लाको बन्दिपुर-१, डुम्रे स्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेकोछ ।
त्यस्तै गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. ६ हरमटारी स्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती विकासका नाममा ३ हजारभन्दा बढी टुक्रे योजना, तीन नेताका जिल्लामा खातैखात
-
रेशमपछि उच्च अदालत पाटनमा महिमानसिंह विष्टको पनि निवेदन, आज सुनुवाइ
-
व्यक्तिगत तहमा उत्रेर जुधिरहेका छन् ट्रम्प–मस्क
-
वाईसीएलको निर्वाचन कार्यतालिका फेरि सर्यो
-
गण्डकीमा माओवादीले छाड्यो लेखा समिति
-
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति