ह्यारी जन्मिँदा खुसी थिएनन् चार्ल्स
न्यूयोर्क । दिवङ्गत राजकुमारी डायनाले राजकुमार ह्यारीको जन्म हुँदा छोरीको साटो छोरा भएकोमा बेलायतका तत्कालीन राजकुमार, अहिलेको राजा चार्ल्स तृतीय, निराश बनेको बारे कुराकानी गरेको अडियो सार्वजनिक भएको छ । डायनाले सन् १९९० ताका शृङ्खलाबद्धरुपमा अडियो टेपहरू रेकर्ड गरेकी थिइन् ।
जसलाई उनले लेखक एन्ड्रयू मोर्टनलाई सन् १९९७ मा कार दुर्घटनाअघि गोप्य ढङ्गले प्रदान गरेकी थिइन् । अर्को वर्ष ‘डायना : द रेस्ट अफ हर हिस्ट्री’ नामक वृत्तचित्र सार्वजनिक हुँदैछ ।
त्यसअघि केही अडियोहरू पहिलोपटक सार्वजनिक गरिएको छ । बिहीबार डायनाको निधनको २६ वर्ष पुगेको थियो । एबीसीको गुड मोर्निङ अमेरिकाले ती अडियोहरु सुन्ने अवसर प्राप्त गरेको थियो जसमा डायनाले आफ्नो पति उनको सौतेली आमा रेन स्पेन्सरसँग नबोल्ने बताएकी छिन् ।
‘ह्यारीको क्रिस्चनिङ समारोहमा चार्ल्सले मम्मीकहाँ गएर भनेका थिए – तपाईंलाई थाहा छ हामी निकै निराश छौँ, हामीलाई लागेको थियो यो पटक छोरी हुन्छे भने,’ डायनाले अडियोमा भनेकी छन्, ‘त्यसपछि मम्मीले जवाफमा– एउटा सामान्य बच्चा पाउनुमा तपाईं कति भाग्यमानी हुनुहुन्छ भनेर महसुस गर्नुपर्छ, भनेर भन्नुभयो ।’ त्यस दिनदेखि स्पेन्सरसँग चार्ल्सले बोलचाल बन्द गरेको डायनाको जिकिर छ । कसैले जवाफ फर्काए चार्ल्सले सधैँ यस्तै गर्ने गरेको उनको भनाई छ ।
सन् २०२० को जनवरीमा राजकुमार ह्यारी र उनकी पत्नी मेघनले बेलायतको राजपरिवारको जिम्मेवारी परित्याग गर्ने घोषणा गरिसकेका छन् । प्रतिक्रिया स्वरूप तत्कालीन महारानी एलिजाबेथ द्वितीयाले एक विज्ञप्ति जारी गर्दै अब उपरान्त दुवैले राजपरिवारको कुनै जिम्मेवारी बहन नगर्ने तथा राजकीय जिम्मेवारीका लागि कुनै रकम प्राप्त नगर्ने घोषणा गरेकी थिइन् । –सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण