आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० रुपैयाँ क्यास ब्याक

आइतबार, १७ भदौ २०८०, १५ : ५१
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ । सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (POS) मार्फत कारोबार गर्दा रु १०० क्यासब्याक पाउनेछन् । 

यो अफर सिमित अवधिको लागि मात्र लागु हुने बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप