‘अनावरण’को दोस्रो संस्करण बजारमा
सोमबार, १८ भदौ २०८०, १० : ३१
काठमाडौं । उपन्यास, कथा, निबन्ध र कविता विधामा सक्रिय विजय सापकोटाको कथासङ्ग्रह ‘अनावरण’को दोस्रो संस्करण बजारमा आएको छ ।
‘अनावरण’ सामान्य अनि महत्वहीन ठानिएका विषयको गम्भीर अन्तर्यलाई खोलिएका कथाहरुको सङ्ग्रह हो । सङ्ग्रहका कथाहरुमा समकालीन जीवनको राजनीति, समाज र संस्कृतिको विसङ्गत एवम् विद्रूप चित्रलाई सरल तर संवेद्य ढङ्गले प्रस्तुत गरिएको छ ।
हीन भावनाले ग्रसित बनेका, सीमान्तकृत बनाइएका र अन्यायमा पारिएका पात्रहरुको मानसिक दशाको मिहीन चित्रण यस सङ्ग्रहका कथाहरुमा पढ्न पाइन्छ ।
पाठकमा कुतूहल सिर्जना गर्न सक्ने बुनोट अनि अकल्पनीय बिन्दुमा टुङ्ग्याइएका यी कथाहरु पाठकलाई लामो समयसम्म प्रभाव पारिराख्न समर्थ हुनेछन् ।
कलम प्रकाशनले बजारमा ल्याएको कथासङ्ग्रह ‘अनावरण’को मूल्य ४९५ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण